राजश्वको कार्यक्रम
सर्लाही समाचारदाता
मलंगवा, पुस ६ । आन्तरिक राजश्व कार्यालय जनकपुर र उद्योग वाणिज्य संघ मलंगवाको आयोजनामा आइतबार करदाता शिक्षा कार्यक्रम हुने भएको छ ।
सदरमुकाम मलंगवा स्थित मोहरसिंह धर्मशालामा विहान कार्यक्रम गरिने उद्योग वाणिज्य संघ मलंगवाका शुशिल अग्रवालले बताए । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जनकपुरका कर्मचारीहरुले करदातालाई राजश्वका विभिन्न प्रकृया लगायतका बारेमा जानकारी दिनेछन् । कार्यक्रमबाट स्थानीय उद्योगी व्यापारीहरुले लाभ लिने विश्वास लिईएको अग्रवालले बताए ।
No comments:
Post a Comment