Friday, December 20, 2013

मुसहर टोलमा ५० वटा सिरक बाँडियो

मुसहर टोलमा ५० वटा सिरक बाँडियो
शशी देवकोटा÷सर्लाही दैनिक
जब्दी, पुस ५ । एक गैरसरकारी संस्थाले शुक्रबार जब्दी गाविस–६ स्थीत मुसहर टोलाका स्थानीय बासिन्दालाई जाडोमा ओड्ने सिरक वितरण गरेको छ ।
काठमाण्डौ स्थित प्रकृया नेपाल नामक गैर सरकारी संस्थाले मुसहर टोलाका ५० परिवारलाई १–१ वटाको दरले सिरक वितरण गरेको हो । संस्थाका अध्यक्ष कहर सिंह खड्काले मुसहर बस्तीका दलितले जाडोको समयमा कहिल्यै पनि सिरक ओढ्न नपाएकाले यसपालिको जाडो छल्न सिरक दिएको बताए ।
“यस बस्तिका मुसहर समुदायले जाडोमा परालको गुन्द्री ओढ्ने गर्दछन् ।” उनले भने–“यसपालीको जाडोमा पराल ओछ्याउने र गुन्द्री ओढ्ने गर्नु पर्दैन, सिरक दिएका छौं ।” सिरक पाए पछि मख्ख परेका ७० बर्षिय राम बिलास महराले खुसी हुँदै आफु जन्मे देखि अहिले सम्म सिरक ओढ्नै नपाएपनि अब भने सिरक ओढ्ने बताए । “सिरक किन्न नसक्ने हुनाले परालको गुन्द्री ओढ्न बाध्य थियौं ।” उनले भने–“यसपालिको जाडोमा सिरक ओढ्न पाउने भयौं ।”
जिल्लाका विभिन्न स्थानमा रहेका अति बिपन्न, न्युन आय भएका मुसहर, चमार, डुम लगायतका अधिकांश दलित समुदायले पराल ओछ्याउने र परालको गुन्द्री ओढेर जाडो छल्ने गर्दछन् ।

No comments:

Post a Comment