Monday, December 16, 2013

‘फराकिलो सोंच ः सकारात्मक थालनी’

‘फराकिलो सोंच ः सकारात्मक थालनी’

आफ्नो प्रचारप्रसारको क्रममा प्रयोग भएका पर्चा च्यादै एमाले उम्मेद्वार सुरेन्द्र लामा । 
सर्लाही समाचारदाता
नवलपुर, पुस १ । संविधान सभा सदस्यको निर्वाचनका क्रममा क्षेत्र नं. २ बाट उम्मेद्वारी दिएका सुरेन्द्र लामाले आÇनो प्रचारप्रसारका लागि टाँसिएका पर्चा पम्प्लेट लगायतका प्रचार सामग्रीहरु हटाउने अभियान सुरु गरेका छन् । लामाले सोमबार अपरान्हबाट आÇनो प्रचारप्रसारका क्रममा प्रयोग भएका प्रचार सामग्रीहरु हटाउन सुरु गरेका हुन् । अपरान्ह हरिपुरबाट सुरु उनको अभियान साँझ हरिवन पुगेको छ । क्षेत्र नं. २ अन्तर्गतका १४ वटै गाविसमा घुमेर सार्वजनिक स्थल एवं घरमा टाँसिएका पोष्टर पम्प्लेट हटाईने लामाले बताए ।
सबै उम्मेद्वारहरुको प्रचार सामग्रीहरु प्रयोग गरिएका कारण सार्वजनिक स्थलहरु फोहोरमय देखिएकाले आफू सरसफाईमा लागेको लामाले बताए । ‘‘मेरो कारणले भएको फोहोर हटाउन आफैले अग्रसरता देखाएको हुँ ।’’ उनले भने–‘‘अन्य सबै उम्मेद्वारहरुलाई पनि आ–आÇना लागि टाँस भएका पर्चा लगायतका प्रचार सामग्री हटाई सार्वजनिक स्थललाई सफा र सुन्दर पार्नका लागि सहयोग गर्न आग्रह गर्दछु ।’’ उनलाई केही एमाले कार्यकर्ताहरुले समेत साथ दिईरहेका छन् । उनी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका रामचन्द्र चौधरीसँग ४ सय भन्दा कम मतले मात्र पराजीत भएका थिए ।
मतपरिणाम घोषणा भएको दुईदिनपछि नै एमाले उम्मेद्वार लामाले आफुसँग प्रतिस्पर्धी भई विजयी बनेका कांग्रेसका रामचन्द्र चौधरीलाई बधाई एवं सम्मान समेत गरेका थिए । मुलुकव्यापी रुपमा पराजीत उम्मेद्वारहरुले निर्वाचनमा धाँधलीको आरोप लगाईरहेको अवस्थामा लामाले भने विजयी उम्मेद्वारलाई बधाई दिदै सम्मान समेत गरेर भावि दिनमा पनि उचित सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । स–सम्मान हार स्वीकार गर्नु र प्रचार सामग्री हटाउन बेलैमा अग्रसरता देखाउनु जस्ता क्रियाक्लापले लामाको फराकिलो सोच अनि सकारात्मक थालनी भन्दै स्थानीय भद्रभलाद्मी एवं सर्वसाधारणले सह्राना व्यक्त गरेका छन् ।
सर्लाहीमा ६ वटै क्षेत्रबाट २ सय ५५ जना उम्मेद्वारहरु चुनावी मैदानमा खडा भएका थिए । जसमा जित्नेहरु मध्ये कतिपय विजयोत्सव ¥याली गर्नमा गाउँगाउँ घुमिरेहका छन् भने कतिपय काठमाण्डौतर्फ समेत लागिसकेका छन् । हारेका उम्मेद्वारहरु मध्ये कोही चुपचाप बसेका छन् भने कोही धाँधली भएको भन्दै रोष प्रकट गरिरहेका छन् ।
निर्वाचनमा सहभागि भएपछि हारजीत हुनलाई स्वभाविक मान्दै सबै उम्मेद्वारहरुले एमाले उम्मेद्वार लामाले जस्तै आ–आÇनो प्रचारसामग्री हटाउनेतर्फ अग्रसरता देखाउँदा नै उनीहरुको सच्चा नैतिकता अनि विधिको पालना ठहरिने निश्चित छ । निर्वाचन आयोगको आचारसंहितामा उम्मेद्वारहरुले टाँसेको पर्चा निर्वाचनको मतपरिणाम घोषणा भएको ६० दिनभित्र उम्मेद्वार स्वयंले हटाईसक्नुपर्ने उल्लेख छ ।

No comments:

Post a Comment