धम्काउँदै रकम मागेकामा अनुसन्धान
सर्लाही समाचारदाता
हरिवन, पुस ६ । घरबेटी सँग ५ लाख रुपैँया नदिए ज्यान मार्ने धम्की दिएका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान कार्य अगाडी बढाएको छ ।
घरबेटीलाई धम्की दिएर रकम माग गरेको आरोपमा महोत्तरी घर भएका करिव ३० वर्षिय जितेन्द्र सहनीलाई प्रहरीले शुक्रबार भक्तिपुर २ सागरनाथबाट पक्राउ गरेको थियो । भक्तिपुर गाविस–२ निवासी सुरेश काÇलेको घरमा १६÷१७ वर्ष देखी डेरा लिएर बस्दै आएका सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
सहनीले घरबेटी काफ्लेलाई पौष १ गते पाँचलाख रुपैयाँ दिन माग गर्दै तराई टाईगरको नाममा चिठ्ठी पठाएका थिए । घरबेटी काफ्लेको मोवाईलमा समेत ‘म्यासेज’ पठाएर सहनीले रकम नदिए ज्यान मार्ने समेत धम्की दिएका दिएका थिए । धम्की सहितको चिठ्ठी र म्यासेज आएपछि काÇलेले ईलाका प्रहरी कार्यालय बयलवास खवर गरेका थिए । पक्राउ परेका सहनीको साथबाट काफ्लेलाई धम्की दिएको नम्वरको सिमकार्ड समेत फेला पारेको बताईएको छ । हाल उनलाई ईलाका प्रहरी कार्यालय बयलवासको नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उक्त कार्यमा अन्य व्यक्ति समेत संलग्न भएको आशंकामा अनुसन्धान तिव्र बनाईएको प्रहरीले जनायो । सहनीले भक्तिपुर र रानिगन्जमा निजी स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका स्थानीयले बताएका छन् । उनी एक गैर सरकारी संस्थाको सामाजिक परिचालक समेत रहेको पाईएको छ ।
No comments:
Post a Comment