बर्डफ्लूको संक्रमण बारे छलफल
सर्लाही समाचारदाता
मलंगवा, पुस ७ । पशुपंक्षीमा लाग्ने बर्डफ्लू रोगको संक्रमण बारे सरोकारबाला बीच आइतवार मलंगवामा छलफल गरिएको छ ।
प्यारोटिक जुनोटिक रोग तथा बर्डफ्लू एभिएन इन्फ्लूइञ्जा रोग बारे सरोकारबालाहरु बीच छलफल भएको हो । सदरमुकाम मलंगवा स्थित पशुु सेवा कार्यालयमा भएको कार्यक्रममा बर्डफ्लूको बारेमा बिभिन्न छलफल लगायतका अन्र्तक्रिया र पशुपंक्षी व्यवसायलाई पनि कसरी फष्ट्याउने आदि विषयको बारेमा छलफल गरिएको छ ।
कार्यक्रम नेपाल सरकार कृषि विकास विभाग र जुनोसिस नियन्त्रण कार्यालय काठमाण्डौका आयोजना तथा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेको अध्यक्षतामा गरिएको पशु सेवा कार्यालयका प्रमुख कामदेव झाले बताए । साथै, कार्यक्रममा प्रजिअ, विभिन्न संघ–संस्थाबाट आवद्ध तथा सरोकारवाला निकाय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment