नेपथ्य व्याण्डले लालबन्दीमा सांगीतिक प्रस्तुती दिने
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर १६ । मुलुककै चर्चित सांगितिक व्याण्ड नेपथ्यले ‘शान्तिको लागि शिक्षा मुल नाराका साथ संगीत यात्रा २०७० अन्तर्गत सर्लाहीमा पनि प्रस्तुती दिने भएको छ ।
आगामी मंसिर २७ गते बीणा चलचित्र मन्दिर लालबन्दीमा चर्चित गायक अमृत गुरुङ सहितको सांगीतिक कार्यक्रम हुने भएको हो । दर्शकहरुसँग टिकट दरबापत तीनसय देखि एकहजार रुपैयासम्म लिईन स्थानीय सह आयोजक सोसाईटी बचत तथा ऋण सहकारी संस्था लालबन्दीले जानकारी दिएको छ । दिउँसो ३ बजेपछि सुरु हुने सांगीतिक कार्यक्रमको मुख्य आयोजक काठमाण्डौको नेपालय नामक संस्था रहेको बताईएको छ । कार्यक्रम सफल रुपले सम्पन्न गर्नका लागि विश्वकृष्ण थापाको संयोजकतत्वमा आयोजक समिति समेत गठन गरिएको छ ।
कार्यक्रमबाट संकलन भएको नगदबाट सोसाईटी छात्रवृत्ति अक्षय कोष खडा गरेर स्थानीय गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने आयोजक समितिका नारायण गुर्मछानले बताए ।
कार्यक्रम हेर्न चाहनेका लागि जिल्लाका विभिन्न स्थानमा टिकट उपलब्ध गराईने व्यवस्था मिलाईएको आयोजकले बताएका छन् । नेपथ्यले शान्तिको लागि शिक्षा भन्ने मूल नाराका साथ लालबन्दी सहित मुलुकका १० स्थानमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।
No comments:
Post a Comment