Monday, December 2, 2013

एकैरात तीनघरमा चोरी

एकैरात तीनघरमा चोरी
सर्लाही समाचारदाता
नेत्रगंज, मङ्सिर १७ । आईतबार राती नेत्रगंज गाविस–३ स्थित दुई सर्वसाधारणको घरमा चोरी भएको छ भने एकघरमा चोरीको प्रयास भएको छ ।
दिपक घिमिरे र भैरव न्यौपानेको घरमा चोरी भएको हो भने सकुन्तला अधिकारीको घरमा चोरीको प्रयास भएको दिपकका भाई रोशन घिमिरेले बताए । आÇनो घरबाट ५० हजार नगद, दुईतोला सुनका गहना, डिजिटल क्यामेरा चोरी भएको छ भने न्यौपानेको घरबाट नगद चोरी भएको दिपकका भाइ रोशनले बताए । अधिकारीको घरमा भने ढोका फोरेर चोर्ने प्रयास भएको विहान थाहा भएको उनले बताए। ‘‘हामी तल सुतेका थियौं, बाहिर रहेको भ¥याङ्गबाट माथिल्लो तल्लामा सुतिरहनु भएका दाजुको कोठाको ढोका फोरेर चोरी भएको छ ।’’ रोशनले सोमबार राती सर्लाही दैनिकसँग दावी गरे–‘‘काठमाण्डौ जान दाजुले वीरगंजबाट ५० हजार पैसा र गहना किनेर ल्याउनु भएको थियो।’’ रोशनले चोरी भएका दुईवटै घर र चोरी प्रयास भएको घरमा आईतबार दिउँसो पैसा भित्रिएको थाहा पाएका एकै समूहले चोरी गरेको अनुमान गरे । ‘‘हाम्रो घरमा दाजुले पैसा र गहना ल्याउनु भएको, भैरव न्यौपानेको घरमा ४ महिनाको पेन्सन वापत निकालेको रकम ल्याएर राखेको र सकुन्तला अधिकारीको घरमा धान बेचेर पैसा राखेको देखेका वा थाहा पाएकाले चोरी गरेका हुन् ।’’ रोशनले भने ।
पछिल्लो समय नेत्रगंज गाविसमा चोरीका घटना बढीरहेको सर्वसाधारणले गुनासो गरेका छन् । प्रहरीले भने पीडितले भनेजति ठूला परिमाणमा चोरी नभएको दावी गरेको छ । चोरीमा संलग्नहरुको खोजी कार्य भईरहेको र गस्ती कार्य व्यापक बनाईएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उचित जनशक्ति अभावका कारण प्रभावकारी ढंगले रात्री गस्ती गर्न समस्या परिरहेको र भएजति जनशक्ति परिचालन गरेर सकृय गस्ती गराईएको प्रहरी स्रोतले जनायो ।

No comments:

Post a Comment