भलिबल प्रतियोगिता सम्पन्न
सर्लाही समाचारदाता
जब्दी, मङ्सिर ३० । जिल्ला स्तरिय थारु पुरुष तथा महिला भलिवल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको फाईनल खेलमा महिला तर्फ सिस्वा गाउँ कमिटीलाई लाई हराउँदै जब्दीको एभरेष्ट एकेडेमी र पुरुष तर्फ बडकुरवा गाउँ कमिटीको बि टिमले सिस्वा गाउँ कमिटीको पुरुष टिमलाई पराजित गरेको छ । प्रतियोगितामा थारु कल्याणकारिणी जिल्ला कार्य समितिका २० ओटा गाउँ कमिटीले सहभागिता जनाएका आयोजक सुर्य नारायण चौधरीले जानकारी दिए । प्रतियोगितामा प्रथम र दोस्रो हुने क्लवलाई शिल्ड, प्रमाण पत्र, मेडक र नगद प्रदान गरिएको छ । थारु कल्याण कारिणी सभा जिल्ला कार्य समिती सर्लाहीको आयोजनामा गत बुधबारदेखी प्रतियोगितामा शुरु भएको थियो ।
No comments:
Post a Comment