पोषण सुधार लागू गरिने
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर २५ । महिला तथा बालबालिकाको पोषण सुधारका लागि जिल्ला स्थित छतौना गाविसबाट कार्यक्रम सुरु गरिने भएको छ ।
गरिबी निवारण कोष लागू भएका जिल्ला स्थित १८ गाविसमा क्रमशः कार्यक्रम लागू गर्दै जाने बताईएको छ । गरिबी निवारण कोष र हेलेन केलर इन्टरनेशनलको आयोजनामा लालबन्दीमा भएको महिला तथा बालबालिकाको पोषण सुधारका लागि आवश्यक पोषण तथा सरसफाईबारे ६ दिने तालिम पश्चात कार्यक्रम लागू गरिने घोषणा गरिएको हो । कोषको कार्यक्रम लागू भएका १८ गाविसका सामाजिक परिचालकहरुलाई अनिलकुमार बराल, निरोज दाहाल र अरबिन्द यादवले सहजीकरण गरेका थिए । तालिममा हेलेनका अधिकृतद्वय सरोज चौधरी र कृष्ण गिरीको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment