यूवामुखि सचेतना तालिम
सर्लाही समाचारदाता
सासापुर, मङ्सिर १९ । सासापुरमा संचालन भएको गाविस स्तरिय यूवामुखि सचेतना तालिम बुधबार सम्पन्न भएको छ ।
यूएनडिपि एलआरपि को सहयोगमा तथा दिगो जडिवुटी, खेति विस्तार तथा अध्ययन केन्द्र सासापुरको आयोजनामा तालिम सञ्चालित थियो । तालिममा गाविस भित्रका ९ वटै वडाका यूवाहरुलाई लक्षित गरि फरक फरक ठाउँमा लैंगिक हिंसा, वैदेशिक रोजगार, एचआईभी एड्स तथा सामाजिक दण्ड न्यूनिकरण गर्ने विषयमा तालिम दिईएको हो ।
तालिमको सहजिकरण कार्यक्रम संयोजक पे्रमनाथ पौडेल तथा सहजकर्ता विद्या काफ्लेले गरेका थिए । सामाजिक सदभाव र शान्तिको लागि यूवा कार्यक्रम अन्र्तगत विगत ३ वर्ष देखि केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।
No comments:
Post a Comment