Monday, December 9, 2013

लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया

लैंगिक हिंसा विरुद्ध अन्तरक्रिया
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २४ । २३औं लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत सोमबार महिला तथा बालबालिका कार्यालयले सदरमुकाम मलंगवामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा जिल्लाका विभिन्न गाउँबाट महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । महिला हिंसा विरुद्धका विभिन्न नाराबाजी गर्दै मलंगवा नगर परिक्रमा पश्चात महिलाहरुको ¥याली जिविस सभा हलमा आयोजित अन्तरक्रियामा परिणत भएको थियो । ‘घर शान्ति नै विश्व शान्तिको आधार ः महिला हिंसा विरुद्ध शुन्य सहनशिलता कायम गरौं’ भन्ने मूल नाराका साथ यसवर्ष घरेलु हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान जारी छ ।
जिविस सभाहलमा प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले अन्तरक्रिया कार्यक्रमको मैनवती बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालयकी प्रमुख निरुलक्ष्मी श्रेष्ठ, महिला नेतृहरु शुभद्रादेवी महतो लगायतले महिला अधिकार एवं घरेलु हिंसाको बारेमा मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment