Monday, December 2, 2013

महिला हिंसा कम गर्न सडक नाटक देखाईयो

महिला हिंसा कम गर्न सडक नाटक देखाईयो
–लालबाबु यादव÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर १७ । महिला हिंसा विरुद्धको अभियान अन्र्तगत सोमबार सदरमुकाम मलंगवामा सडक नाटक प्रदर्शन गरिएको छ ।
‘घर शान्ति नै विश्व शान्तिको आधारः शैक्षिकवादको चुनौती प्रतिवाद गरि महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ मलंगवा स्थित जिविस चोकमा सडक नाटक प्रदर्शन गरिएको हो । महिला तथा बालबालिका माथि भईरहेको दाईजोप्रथा, बोक्सी, कुलक्षण, यौन दुर्वव्यवहार जस्ता हिंसा विरुद्धको न्यूनिकरण गर्नका लागि नाटक प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।
जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय सर्लाहीको आयोजना तथा युएनडीपी शान्तिका लागि जिविकोपार्जन परियोजना जनकपुरको सहयोगमा जनचेतना अभियान नेपालले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको हो ।
महिलाहरूमाथि भइरहेको विभिन्न किसिमका यातना, बालविवाहलगायत अन्य शोषणलाई प्राथमिकतामा राखेर जनचेतना फैलाउने उद्देश्यका साथ सडक नाटक प्रदर्शन गरिएको जनचेतना अभियान नेपालका सुनिल यादवले जानकारी दिए ।
अभियान अन्र्तगत सोमबार मलंगवा सहित भाँडसर, लक्ष्मीपुर सु. लगायत गाउँहरुमा समेत नाटक प्रदर्शन गरिएको   थियो । हाल महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानमा कार्यक्रमहरु भईरहेका छन् ।

No comments:

Post a Comment