सर्लाही समाचारदाता
सासापुर, मङ्सिर २० । माईरानी मिक्चनी माध्यमिक विद्यालय सासापुरमा गाविस स्तरिय शान्ति खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।
समाजमा शान्ति सद्भाव कायम गराउने उद्देश्यले खेलकुदको आयोजना गरिएको हो । गाविस भित्रका विभिन्न ५ वटा विद्यालयका छात्राछात्रहरुले ३ भिन्नाभिन्नै खेलकुदमा सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत लङ्जम, ग्लास रेस, म्युजीकल कुर्सी रेस रहेको छ । सर्लाहीको सासापुरमा रहेको दिगोजडीबुटी खेती विस्तार तथा अध्ययन केन्द्र नेपालको आयोजना तथा यूएनडिपी एलआरपीको आयोजनामा खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा लङजम तर्फ क्रमस मियाज अहमद, पूर्ण बहादुर मग्राती, महेश गिरी, ग्याल रेस तर्फ जिरन कुमारी चौधरी, आरती साह, पुनम लामा, म्युजीकल कुर्सी रेस तर्फबाट क्रमश इन्दीरा सुवेदी, कविता साह, बन्दना बोम्जन प्रथम, द्धितिय र तृतिय भएका छन् । प्रतियोगितामा बिजयीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । केन्द्रका अध्यक्ष काशीनाथ पौडेलको अध्यक्षता तथा जेष्ठ नागरिक पशुपतिनाथ शर्माको प्रमुख आतिथ्यतामा प्रतियोगिताका बिजयीहरुलाई पुरस्किृत गरिएको थियो ।
No comments:
Post a Comment