जिविसले योजना तर्जूमा गोष्ठी ग¥यो
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २० । जिल्ला विकास समितिको आयोजनामा विहिबार पूर्व जिल्ला स्तरीय योजना तर्जूमा गोष्ठी सम्पन्न भएको छ ।
क्षेत्र नं. २ बाट निर्वाचित सभासद् रामचन्द्र चौधरी तथा क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् हरि उप्रेतीले जिविस सभाहलमा आयोगित गोष्ठीको संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्थानीय विकास अधिकारी उमेश बस्नेतको सभापतित्व रहेको गोष्ठीमा विकास निर्माणमा संलग्न हुने विषयगत सरकारी तथा अर्ध सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनैतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी, गैरसरकारी संस्थाका प्रतिनिधि, गाविस सचिवहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी बस्नेतले बजेट बनाउँदा ध्यान दिनुपर्ने पक्षहरु समेटेर तथा यूएनडीपीका बच्चेलाल महतोले जनगणना २०६८ को तथ्यांकका आधारमा गर्नुपर्ने विकासका कामको बारेमा अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
आगामी फागुन भित्र जिल्ला परिषद सक्ने गरी त्यसको तयारी स्वरुप पूर्व योजना तर्जूमा गोष्ठी गरिएको र प्रकृयागत अन्य कार्यक्रमहरुका लागि तालिका नै बनाएर अगाडी बढिएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । तालिका अनुसार नै प्रकृयागत कार्यक्रमहरु गरेर जिल्ला परिषद पनि समयमै सक्ने स्थानीय विकास अधिकारी बस्नेतले प्रतिबद्धता जनाए । उनले बजेटलाई कनिका छरेजस्तै छरेर बालुवामा पानी हालेजस्तो गर्नुभन्दा ठूला–ठूला योजनाहरु सञ्चालन गरेर प्रभावकारी विकास निर्माणको लागि योजना तर्जूमा गर्न सरोवारवाला पक्षहरुलाई आग्रह समेत गरे ।
No comments:
Post a Comment