लैंगिक हिंसा सम्बन्धि रणनीतिक कार्ययोजना
लालबाबु राय÷सर्लाही दैनिक
मलंगवा, मङ्सिर २७ । सर्लाहीमा जिल्लास्तरीय लैगिक हिंसा सम्बोधनका लागि निर्मित रणनिति तथा कार्ययोजनाको कार्यान्वयन एक दिने समिक्षा कार्यशाला बिहिवार सम्मपन्न भएको छ ।
सदरमुकाम मलंगवा स्थित जानकी फैमली लजमा स्थानीय विकास अधिकारी उमेश कुमार बस्नेतको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेको प्रमुख आतिथ्य तथा जिल्ला विकास समिति सर्लाहीको आयोजना र यूएनडिपी एलआरपी शन्तिको लगि जिविकोपार्जनको सहयोगमा उक्त गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा विविध लैगिक हिंसा भईरहेकोमा महिला तथा बालबालिका कार्यालय, सरोकारवाला निकाय, गैर सरकारी, सञ्चार तथा विभिन्न संघ–संस्था खेल्नुपर्ने भुमिका तथा रणनिति कार्ययोजना कार्यान्वयनको लागि समिक्षा गोष्ठी गरिएको महिला तथा बालबालिका कार्यालय सर्लाही प्रमुख निरुलक्ष्मी श्रेष्ठ बताइन् ।
No comments:
Post a Comment