Sunday, December 15, 2013

शान्ति युवाको दोस्रो साधारण सभा

शान्ति युवाको दोस्रो साधारण सभा
सर्लाही समाचारदाता
लालबन्दी, मङ्सिर ३० । शान्ति युवा सञ्जाल लालबन्दीको दोस्रो साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सञ्जालका अध्यक्ष रामवचन रायको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष ६८–६९ को २ लाख ५६ हजार आर्थिक प्रतिवेदन पारित गरिएको थियो । संस्थालाइ अगाडी बढाउन आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्वर लिने समेत निर्णय गरिएको छ । त्यस्तै सञ्जालका को सदस्यता नलिएका संस्थालाई सदस्यता अग्रह समेत गरिएको छ ।
त्यस्तै सञ्जालको विभिन्न क्रियाकलापको छिटोछरितो सुचना सम्पे्रषण गर्नका लागी क्रमस क्षेत्र नम्वर १ का लागी रामविश्वस चौधरी, क्षेत्र नम्वर २ का लागी पे्रमनाथ पौडेल, क्षेत्र नम्वर ३ का लागी रुपेश कर्ण , क्षेत्र नम्वर ४ का लागी नन्दलाल राय क्षेत्र नम्वर ५ का लागी बजरङ्सा ह र क्षेत्र नम्वर ६ का लागी बिरेन्द्र प्रसाद साहला जिम्मा दिईएको छ ।
त्यस्तै सञ्जालको कार्यक्रम सम्पन्न गरेर रिपोर्ट बुझाएको भएपनि यूएनडिपी एलआरपी ले रकम पछ्यौट नगरेकाले डेलिगेसन जाने समेत निर्णय गरिएको छ । समाजिक सद्भाव र शान्तिका लागी युवा कार्यक्रम गर्दै आएको सो सञ्जालमा ३६ वटा क्लव तथा संस्थाहरुका आवद्ध रहेका छन् ।

No comments:

Post a Comment