रामवनमा प्रहरी कडाई
सर्लाही समाचारदाता
रामवन, मङ्सिर २१ । हरेक साँझ कुटपीट एवं दुईपक्षबीच झडपसम्मका घटना हुन थालेपछि प्रहरीले रामबन गाविस स्थित बजारहरुमा मदिरा विक्री वितरणका लागि शुक्रबार दिउँसो माईकिङ गरेर सचेत गराएको छ ।
‘‘दिनदिनै साँझ परेपछि कुटपीट एवं झडपसम्म हुने अवस्था आएपछि माईकिङ गरेर सचेत गराएका छौं ।’’ प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले शुक्रबार राती सर्लाही दैनिकसँग भने–‘‘मदिरा सेवन गरेर झैझगडा गर्ने र त्यसलाई राजनैतिक रंग दिने प्रचलन केही दिनयता बढेकाले माईकिङ गरेर राती मदिरा विक्री वितरणमा रोक लगाएका छौं ।’’
शुक्रबार दिउँसो प्रहरीले माईकिङ गरेर साँझ परेपछि मदिरा विक्री वितरण एवं सेवन गरेर हिडडुलमा प्रतिबन्ध लगाईएको व्यहोरा सहित माईकिङ गरेको छ । प्रहरीको माईकिङ पछि स्थानीय बासिन्दाहरुले भने प्रहरीले अघोषित कप्र्mयू लगायको आशंकामा त्रसित बनेका छन् । रामवनमा केही दिनयता साँझ परेपछि कुटपीटका घटना बढेको र एकले अर्को पक्षलाई महन्थ ठाकुर, अमरेश कुमार सिंह तथा शिवपुजन राय पक्षको भन्दै राजनैतिक रंग दिने प्रयास भएकाले माईकिङ गरेर सचेत गराईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment