Thursday, December 5, 2013

हुलाकी राजमार्गमा धुलोको सास्ती

हुलाकी राजमार्गमा धुलोको सास्ती
सर्लाही समाचारदाता
बरहथवा, मङ्सिर २० । जिर्ण अवस्थामा रहेको जिल्लाको अधिकांश हुलाकी राजमार्गमा अत्याधिक मात्रामा धुलो उड्दा स्थानीय जनजिवन प्रभावित भएको छ ।
वर्षौदेखी जिर्ण रहेको सडक मर्मत नहुँदा स्थानीयले निकै समस्या खेप्नु परेको छ । सर्लाहीको नयाँरोड–बरहथवा, नवलपुर मलंगवा, बाँके सग्रामपुर , फुलजोर बयलवास सडक खण्ड वर्षौ देखी जिर्ण अवस्थामा रहेको छ ।
सडक मर्मतका लागी प्रभावकारी काम नभएको स्थानीयबसिन्दाकोे भनाई छ । अहिले जिर्ण सडकमा अत्याधिक मात्रमा धुलो उड्दा पैदल यात्री तथा छेउछाउमा घर भएकाहरु निकै कष्ट पूर्ण जीवन विताउन बाध्य भएका छन् ।
अत्याधिक मात्रामा धुलो उड्दा छेउछाउका स्थानीयलाई विभिन्न रोगको संक्रमण देखापर्न थालेको छ । यता चिकित्सकहरुले भने सडकमा हिँडदा कपडाले मुख छोपेर हिँडर र छेउछाउमा घर भएकाहरुले खानेकुरा छोपेर मात्र राख्न आग्रह गरेका छन् ।

No comments:

Post a Comment