सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर २० । मलंगवा नगरपालिकामा ढल निर्माण कार्य शुरु भएको छ । भारतीय सरकारको लगानीमा ढल निमार्णकार्य भैरहेको हो ।
भारत सरकारको ४ करोड २७ लाख ८६ हजार ८ सय ६३ रुपैँयामा केहिदिनबाट ढल निमार्ण कार्य भैरहेको छ । ढल निर्माणको जिम्मा नेपाली निर्माण कम्पनी साप देव एण्ड सायर जेभीले लिएको छ ।
मलंगवा नगरपालिकाको खानेपानी चोकबाट भारतको सिमा सम्म निर्माण कार्य गर्ने जिम्मा पाएको कम्पनीका प्रतिनिधी बिनोद साहले जानकारी दिए । ढल निमार्ण कार्य २०७१ साल भदौ मसान्तसम्म सक्ने सम्भौता भएको छ ।
No comments:
Post a Comment