Tuesday, November 26, 2013

महन्थ ठाकुर फर्किए

महन्थ ठाकुर फर्किए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ५ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्लाहीबाट फर्किएका छन् ।
अध्यक्ष ठाकुर बुधबार काठमाण्डौतर्फ गएको पार्टी निकट स्रोतहरुले बताएका छन् । क्षेत्र नं. ६ मा संविधान सभा उम्मेद्वार समेत रहेका अध्यक्ष ठाकुर अपरान्ह सदरमुकाम मलंगवाबाट काठमाण्डौतर्फ लागेका हुन् । बुधबार विहान पत्रकार सम्मेलनका क्रममा १÷२ दिनपछि फर्कने बताएपनि विभिन्न कारणले एक्कासी अध्यक्ष ठाकुर काठमाण्डौतर्फ लागेको उनी निकट कार्यकर्ताहरुले बताएका छन् । कार्यकर्ताहरुका अनुसार संविधान सभा निर्वाचनका क्रममा आफू उठेको क्षेत्रका विभिन्न गाउँमा बुथ कब्जा भएको प्रति अध्यक्ष ठाकुर आक्रोशित एवं तनावपूर्ण रहेका थिए ।
अध्यक्ष ठाकुर निर्वाचन प्रचार प्रसारका क्रममा दुई साता अघि सर्लाही आएका थिए । प्रचार प्रसार गर्नका लागि नै व्यस्त हुँदा क्षेत्र नं. ४ अन्तर्गत सदरमुकाम मलंगवाका मतदाता अध्यक्ष ठाकुरले मंगलबार मतदान समेत गरेनन् ।

No comments:

Post a Comment