समानुपातिक मतगणना सुरु
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ९ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना आइतबारबाट सुरु भएको छ ।
प्रत्यक्षतर्फ ६ वटै क्षेत्रको मतगणना शनिबार राती सकिएपछि आइतबार दिउँसोबाट ६ वटै क्षेत्रको समानुपातिक मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले बताए । क्षेत्र नं. १ र २ को जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्र नं. ३ र ४ को पूरानो जिल्ला अदालत भवनमा तथा क्षेत्र नं. ५ र ६ को जिविस सभाहलमा मतगणना भएको छ ।
क्षेत्र नं. १ को मतगणना अपरान्हबाटै सुरु गरिएपनि अन्य क्षेत्रको भने साँझबाट मात्र सुरु भएको छ । समानुपातितर्फ पनि प्रत्यक्षतर्फ विजयी भएका उम्मेद्वारकै दललाई बढी मत परेको भेटिएको गणनामा सहभागि एक कर्मचारीले बताए । पहिलो लटमै खन्याईएका मतपेटिकाबाट गणना भईरहेकाले यो समाचार तयारपार्दासम्म दलहरुले पाएका मतको आधिकारीक तथ्यांक टिपोट भईसकेको थिएन ।
No comments:
Post a Comment