सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ९ । सर्लाहीका अगुवा किसानहरुलाइ मलंगवा तीनदिने आँप खेती सम्बन्धी जिल्ला स्तरीय तालिम दिइएको छ ।
जिल्ला कृषि विकास कार्यालय सर्लाहीको आयोजनामा भएको कार्यक्रममा जिल्ला भरीका २५ जना अगुवा किसानहरुलाई तालिम दिइएको थियो ।
भारत तथा अन्य जिल्लाबाट सर्लाहीमा आयात हुँदै आएको आँपलाई न्युनिकरण गर्ने उदेश्यले जिल्लामा नै बढी आँप खेती गरी पूर्ति गर्नका लागि यस किसिमको तालिम आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले बताए ।
उनले यसवर्ष देखि सर्लाहीमा आँप मिसन समेत लागु गरिएको जानकारी दिए । जिल्लाका १ सय ५० हेक्टरमा उन्नत जातका आँप खेती गर्ने तिवारीले जानकारी दिए । आँप खेती गर्ने किसानलाई बिरुवा खरिदमा लाग्ने रकमको ५० प्रतिशत रकम जिल्ला कार्यालयबाट उपलब्ध गराईने तिवारीले बताए ।
No comments:
Post a Comment