Saturday, November 16, 2013

‘तयारी सकियो’–मुख्य निर्वाचन अधिकृत

‘तयारी सकियो’–मुख्य निर्वाचन अधिकृत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ०१ । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कृष्ण कमल अधिकारीले मतदान अधिकृत खटाउने लगायत निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।
शनिबार साँझसम्ममा मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई निर्वाचन सामग्रीहरु जिम्मा लगाएर पठाईसकिएको र आइतबार मतदान केन्द्रबाट हुने कामहरु सुचारु हुने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । ‘‘मतपत्र, मतदाता नामावली, मतपेटिका लगायत निर्वाचनका लागि आवश्यक सामग्रीहरु जिम्मा लगाएर शनिबार नै कर्मचारीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाईसक्यौं ।’’ मुख्य निर्वाचन अधिकृत अधिकारीले शनिबार सर्लाही दैनिकसँग भने–‘‘विभिन्न कारणले मतदान अधिकृत लगायत कर्मचारीलाई खटाउन केही ढिला भयो ।’’ उनले छुटपुट हुन गएका केही कर्मचारीहरु पनि आईतबार विहानसम्म मतदान केन्द्रसम्म पुगिसक्ने बताए ।
निर्वाचन अधिकृतको कार्यालयहरु एवं जिल्ला निर्वाचन कार्यालयले यसअघि शनिबार विहानैबाट मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने गरी मतदान अधिकृत लगायत कर्मचारी टोलीलाई खटाईसक्ने तयारी गरिएको भएपनि व्यवस्थापन लगायतमा समस्या हुँदा १ दिन पर सरेको हो । शुक्रबार विहान भत्ताको विषयमा मतदान अधिकृत लगायत कर्मचारीहरु स्वयं आन्दोलनमा उत्रिएका कारण सामग्री जिम्मा लगाएर फिल्डमा खटाउन केही ढिला भएको बताईएको छ ।
शनिबार रातीसम्म जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा खटिने मतदान अधिकृतहरुलाई पु¥याई सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायाण ओलीले बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले आइतबार विहानबाट जिल्लाका संपूर्ण मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण सुरु हुने बताए । ‘‘मलंगवा नगरपालिका सहित केही गाविसका मतदान केन्द्रमा त आजै पनि मतदाता परिचय पत्र वितरण सुरु भईसकेको जानकारीमा आएको छ ।’’ सर्लाही दैनिकसँग शनिबार साँझ निर्वाचन प्रमुख अधिकारीले भने–‘‘भोलीबाट सबै मतदान केन्द्रबाट वितरण सुरु हुन्छ ।’’
मतदान केन्द्रमा खटिने मतदान अधिकृत सहितका कर्मचारी एवं निर्वाचन सामग्री सदरमुकाम मलंगवाबाट  १७ वटा बस तथा १७ वटै ट्रकमा ओसारिएको थियो । शुक्रबार साँझसम्म पनि कर्मचारीलाई फिल्डमा पठाउन नसकिएपछि राती कर्मचारीहरु आ–आÇनै ढंगले सदरमुकाम मलंगवामा बसेका थिए भने विहानैदेखि तयार अवस्थामा राखिएका बस र ट्रकलाई सदरमुकाम मलंगवा स्थित खेलकुद विकास समितिको कभर्ड हलमा राखिएको थियो । जिल्लामा ५ सय ५ वटा मतदान केन्द्र रहेका छन् ।

No comments:

Post a Comment