स्कर्टिङको बसलाई ढुंगा
सर्लाही समाचारदाता
सासापुर, कात्तिक २९ । अज्ञात समूहको प्रहारबाट सुरक्षाकर्मीहरुले ‘स्कर्टिङ’ गरिरहेको रात्रीबसमा क्षति पुगेको छ ।
विहिबार राती पूर्वबाट पश्चिमतर्फ गईरहेको रात्रीबसमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिक ढुंगा प्रहार भएको बताईएको छ । विराटनगर बाट काठमाण्डौतर्फ गईरहेको ना. ४ ख ५२५४ नम्बरको आरुष ट्राभल्स नामक रात्रीबसको अगाडीको सबै तथा साईडका केही सिसाहरु फुटेको बसधनी सरोज न्यौपानेले बताए । प्रहरीले स्कर्टिङ गरेर ल्याईरहेको अवस्थामा उक्त प्रहार भएको थियो ।
प्रहार कसले गरेको थियो भन्ने कुरा खुल्न नसकेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । राती १ बजेतिर ६५ वटा रात्रीबसलाई एकसाथ स्कर्टिङ गरेर ल्याउने क्रममा उक्त बसमा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबारे हरिवनमा आएर सशस्त्र प्रहरीलाई खबर गरेको र अन्य सवारी साधनसँगै अगाडी बढिएको बसका सञ्चालकले जनाएका छन् ।
No comments:
Post a Comment