Saturday, November 16, 2013

सेनाद्वारा सकेट बम ‘डिस्पोज’

सेनाद्वारा सकेट बम ‘डिस्पोज’
सर्लाही समाचारदाता
गैर, मङ्सिर ०१ । नवलपुर मलंगवा सडकखण्ड अन्तर्गत कविलासी गाविसको पिपरिया चोकमा राखिएको सकेट बमलाई शनिवार बिहान नेपाली सेनाले ‘डिष्पोज’ गरेको छ ।
गैर बजारको पिपरिया जाने चौकमा अज्ञात समूहले शनिबार साँझ सात बजेतिर उक्त बम राखेको स्थानीय बासिन्दाले बताएका छन् । उक्त बम नेपाली सेनाको नवलपुर स्थित रिपुमर्दन गणका टोलीले डिष्पोज गरेको थियो । गणका गणपति मनोज वैदवारले आवश्यक पर्ने सम्पूर्ण पदार्थहरु रहेकाले उक्त बम सक्कली नै भएको बताए ।
बम फेला पर्न साथ नवलपुर स्थित नेपाली सेनाको रिपुमर्दण गणबाट आएका टोलीले
राती नै डिष्पोज गर्न खोज्दा असफल भएपछि शनिवार बिहान बम सुरक्षित साथ डिष्पोज गरिएको प्रहरीले जनाएको छ । सकेट बम राखिएको स्थललाई प्रहरीले रातभरी सुरक्षा घेरामा राखेका थिए । साँझदेखि नै बम राखिएको फेला परेपछि त्यस क्षेत्रको जनजिवन रातभर भयभित बनेको थियो ।
साँझ मानिसहरुको भिडभाड रहेको मौका छोपी मोटरसाईकलमा आएका व्यक्तिहरुले उक्त बम राखेको हुन सक्ने अनुमान स्थानीय बासिन्दाले गरेका छन् । दिउँसैदेखि अपरिचित व्यक्तिहरुको चहलपहल भएको र साँझ सोही व्यक्तिहरुले बम राखेको हुनसक्ने एक स्थानीय बासिन्दाले बताए ।
निर्वाचन सामग्री सहितका कर्मचारीहरु मतदान केन्द्रमा पठाउनका लागि सदरमरमुकाम मलंगवाबाट उत्तरी क्षेत्रमा बस तथा ट्रक ल्याईन लागिएकाले अवरोध पु¥याउनलाई सो बम राखिएको स्रोतले बतायो । उनीहरुले गैर चोकमा रहेको रुख ढालेर सडकखण्डमा अवरोधको प्रयास समेत गरेका भएपनि सुरक्षाकर्मीहरुको उपस्थिती एवं सर्वसाधारणको चहलपहल अवेरसम्म रहेकाले सफल हुन नसकेको एक स्थानीय बासिन्दाले बताए ।
मोटरसाईकलमा पूर्वतर्फ जाँदै गरेका केही व्यक्तिहरुले गैर चोकतर्फ नजानु भन्दै किशनपुरतर्फ लागेको स्थानीय बासिन्दाले बताए । ‘‘सडक छेउ सुनसान ठाउँमा रुखहरु भए, उनीहरुले ढालेर अवरोध पु¥याउने कोशिश गरेका रहेछन् ।’’ एक स्थानीय बासिन्दाले भने–‘‘रुख ढाल्न नपाएपछि बम मात्र राखे ।’’
बम निर्वाचन वहिष्कार गरिरहेका नेकपा–माओवादी वैद्यका कार्यकर्ताहरुले राखेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले बम राख्ने व्यक्तिहरुको खोजीकार्य भईरहेको बतायो ।

No comments:

Post a Comment