Tuesday, November 26, 2013

चार बालबालिका हराए

चार बालबालिका हराए
सर्लाही समाचारदाता
कालिञ्जोर, मङ्सिर ४ । कालिञ्जोर स्थित घारीबथानका स्थानीय ४ बालबालिका हराएको परिवारजनले बताएका छन् ।
कालिञ्जोर गाविस–४, घारीबथानका ८ वर्षिया सविना भूजेल, ६ वर्षिय विवेक भूजेल र ११ वर्षिय लल्ले भूजेल तथा बर्दिबास घर भई मामा घर आएका ७ वर्षिय अविनाश भूजेल मंगलबार दिउँसोदेखि हराएको परिवारजनलाई उद्धृत गर्दै स्थानीय संचारकर्मी सचिता बुढाथोकीले बताईन् । दिउँसो १२ बजेदेखि हराएका उनीहरु आफन्तहरुसँग सम्पर्क लगायत खोजी गर्दा राती अवेरसम्म पनि फेला नपरेको सविनाकी आमा सम्झना भूजेलले बताईन् । मंगलबार दिनभर र राती अवेरसम्म आÇनै प्रयासमा खोज्दा पनि नभेटिएकाले बुधबार प्रहरीलाई खबर गरिने परिवारजनले जनाएका छन् ।

No comments:

Post a Comment