Tuesday, November 26, 2013

सर्लाहीबाट उठेका दुई राष्ट्रिय अध्यक्षले हारे

सर्लाहीबाट उठेका दुई राष्ट्रिय अध्यक्षले हारे
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचनमा सर्लाहीमा खडा भएका दुई राजनैतिक दलका राष्ट्रिय अध्यक्ष पराजीत भएका छन् । शुक्रबार राती सम्पन्न मतगणनाको परिणाम अनुसार नेकपा एमालेका अध्यक्ष क्षेत्र नम्बर १ मा पराजीत भएका छन् भने तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर क्षेत्र नम्बर ६ मा पराजीत भएका छन् । संविधान सभा निर्वाचनमा विभिन्न राजनैतिक दलका ५ जना राष्ट्रिय अध्यक्ष उम्मेद्वार रहेकाले मुलुकभर चर्चामा रहेको सर्लाहीको पछिल्लो मत परिणाम अनुसार २ जना अध्यक्ष पछारिएका छन् भने बाँकी तीनजनाको बारेमा परिणाम आउन बाँकी छ ।

एमाले अध्यक्ष खनाललाई श्रेष्ठले हराए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाललाई पछार्दै एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठले सर्लाहीबाट संविधान सभा सदस्यका लागि पहिलो खाता खोलेका छन् । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत ६ वटै क्षेत्रको जारी मतगणना मध्ये क्षेत्र नं. १ को भने शुक्रबार राती पौने १ बजे सकिएको हो । जसमा एमाओवादी उम्मेद्वार श्रेष्ठले जारी मतगणनाका क्रममा मुलुकमै ठूलो दल बन्ने दौडमा रहेको नेकपा एमालेका राष्ट्रिय अध्यक्ष खनाललाई नै ६ सय ८५ मतले पछाडी पारेका हुन् ।
राती पौने १ बजे सम्पन्न मतगणना अनुसार एमाओवादी उम्मेद्वार श्रेष्ठले ९ हजार ४ सय ७६ मत ल्याएर एमाले अध्यक्ष खनाललाइ पराजीत गरेका हुन् ।
विजयी श्रेष्ठलाई राती नै क्षेत्र नं. १ का निर्वाचन अधिकृत विदुर काÇलेले विजयी भएको प्रमाणपत्र दिएका थिए । श्रेष्ठले प्रमाणपत्र पाएलगतै एमाओवादी कार्यकर्ताले सदरमुकाम मलंगवामा राती नै विजयी जुलुस निकालेको छ । एमाओवादी केन्द्रीय नेतृत्वले आÇना विजयी उम्मेद्वारलाई जितेको उपलक्ष्यमा विजयी जुलुस ननिकाल्न र तत्काललाई प्रमाणपत्र नबुझ्न भने पनि श्रेष्ठले भने राती नै सदरमुकाम मलंगवामा विजयी जुलुस निकालेका छन् । श्रेष्ठले जित्ने पक्का भएपछि पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट १ बस तथा १ दर्जन भन्दा बढी मोटरसाईकलमा उनका समर्थहरु राती नै सदरमुकाम मलंगवा आएका थिए ।
प्रमाणपत्र तह उत्तीर्ण श्रेष्ठले संविधान निर्माणमा कटिबद्ध हुने प्रतिबद्धता जनाए । निकट्तम प्रतिद्वन्द्वी अध्यक्ष खनालले भने ८ हजार ७ सय ९१ मत ल्याएका छन् ।
त्यस्तै तमसपा नेपालका रामचन्द्र सिंह कुशवाहले ४ हजार ५ सय ८८, कांग्रेसकी शुशिला कार्कीले ३ हजार ८ सय ९६ मत हांसिल गरेकि छिन् । राप्रपा नेपालका नारयण श्रेष्ठले २ हजार ७ सय २९, तमलोपाका गोपाल पंजियारले २ हजार ५० र सद्भावनाले १ हजार ६ सय १४ मत प्राप्त गरेका छन् । त्यस्तै मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका शिवकुमार गुर्मछानेले १ हजार ३ सय ९९ तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका जगतनारायण श्रेष्ठले १ हजार १ सय ७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार अशोक कुमार सिंहले काइयो छापमा सबैभन्दा कम ६ मत मात्र प्राप्त गरेका छन् ।
५१ हजार २ सय ७८ मतदाता रहेको उक्त क्षेत्रमा गत मंगलबार सम्पन्न मतदानमा ४० हजार ५ सय ३ मतदाता सहभागि बनेका थिए । जसमा २ हजार ५ सय ६८ मत बदर भएको छ । उक्त क्षेत्रमा ३६ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा उक्त क्षेत्रबाट नेकपा एमालेका प्रकाश पाख्रीन १२ हजार ७ सय २६ मत ल्याउँदै एनेकपा माओवादीका लुमडी प्रसाद धिमाल (लोचन) लाई २ हजार ३ सय ८९ मतले पछाडी पारेर विजयी भएका थिए । सुरक्षित ठानेको क्षेत्रमा एमालेले आÇना राष्ट्रिय अध्यक्ष खनाललाई उम्मेद्वार बनाएको थियो ।

तमलोपा अध्यक्ष ठाकुर पनि पराजी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत मतगणनाको परिणाम अनुसार क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका अमरेश कुमार सिंह फराकिलो मतान्तर सहित विजयी भएका छन् । उनले तराई मधेश लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर र विगतको संविधान सभा निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित तराई मधेश सद्भावना पार्टी नेपालका उम्मेद्वार शिवपुजन रायलाई पछि पार्दै जीत हाँसिल गरेका हुन् ।
राती २ बजे सम्पन्न मतगणना अनुसार कांग्रेसका सिंहले १७ हजार ४ सय मत ल्याएका छन् भने उनका निकट्तम प्रतिद्वन्द्वी तमसपा नेपालका शिवपुजन रायले १० हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । तमलोपा अध्यक्ष ठाकुरले भने ७ हजार ३२ मत मात्र प्राप्त गरेका छन् ।
विजयी सिंहलाई राती नै क्षेत्र नं. ६  का निर्वाचन अधिकृत दलबहादुर केसीले विजयी भएको प्रमाणपत्र दिएका थिए । सिंहले प्रमाणपत्र पाएलगतै कांग्रेस कार्यकर्ताले राती नै सदरमुकाम मलंगवामा विजयी जुलुस प्रदर्शन गरेका छन् । कार्यकर्ताहरुले विजेता सिंहलाई बोकेरै नाराजुलस गरेर मतगणना स्थल जिविसबाट बाहिर ल्याएका थिए । विजयी भएको प्रमाण पत्र पाए लगतै सिंहले देशका लागि शान्ति र संविधानको पक्षमा तथा आÇनो क्षेत्रका लागि विकास र सामाजिक सुरक्षाको लागि अनवरत लागि पर्ने बताए । उनले निर्वाचन परिणाम स्वीकार नगरिरहेको एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड सहितका शिर्ष नेताहरुलाई शनिबार नै भेटेर जनमतको कदर गर्न आग्रह गर्ने बताए ।
५४ हजार १ सय ४७ मतदाता रहेको उक्त क्षेत्रमा गत मंगलबार सम्पन्न मतदानमा ४३ हजार २८ मतदाता सहभागि बनेका थिए । जसमा १ हजार ४ सय ३२ मत बदर भएको निर्वाचन अधिकृत केसीले बताए । उक्त क्षेत्रमा ३८ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा उक्त क्षेत्रबाट हाल तमसपा नेपालका उम्मेद्वार शिवपुजन रायले मधेशी जन अधिकार फोरम नेपालको तर्फबाट १५ हजार ६ सय ८८ मत ल्याएर निर्वाचित भएका थिए । तमलोपा अध्यक्ष ठाकुरले १५ हजार ४ सय १६ तथा हालै सम्पन्न संविधान सभा निर्वाचन–२०७० का विजेता कांग्रेसका सिंहले ११ हजार ९ सय १७ मत ल्याएका थिए ।
तमलोपा अध्यक्ष ठाकुरले स्वास्थ्यका कारण देखाउँदै उम्मेद्वार नबन्ने घोषणा गरेका भएपनि उनका आसेपासे एवं सो क्षेत्रका नेता कार्यकर्ताहरुको जबर्जस्तीका कारण अन्तिम समयमा मात्र उम्मेद्वारी दिएका थिए । तमलोपा, तमसपा लगायत दलहरुले निर्वाचनका क्रममा कांग्रेस नेता सिंहले बुथ कब्जा गरी धाँधली गरेको भन्दै निर्वाचन आयोगमा उजुरी हालेका थिए भने तमलोपाका कार्यकर्ताहरु शुक्रबार साँझसम्म पनि मतगणना स्थल जिविसको तीनविघे मैदानमा धर्ना एवं रिले अनसनमा बसेका थिए । विजयी भएका सिंहले भने विपक्षी पार्टीहरुको निराधार आरोप रहेको दावी गरेका छन् ।

एमालेका लामाको अग्रता कायमै
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र लामाले अग्रता कायमै राखेका छन् ।
विहीबारदेखि नै अग्रता हाँसिल गरिरहेका लामाले शुक्रबार राती २ बजेसम्मको परिणाम अनुसार ३ हजार ६ सय ४१ मत प्राप्त गरेर क्षेत्र नं. २ को लिड गरिरहेका छन् । त्यस्तै एनेकपा माओवादीका राजकुमार रायलाई उछिन्दै नेपाली काँग्रेसका रामचन्द्र चौधरी ३ हजार ४ सय ५ मतका साथ दोश्रो स्थानमा छन् भने एनेकपा माओवादीका राजकुमार राय यादवले ३ हजार २ सय २८ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।

उप्रेती विजय नजिक
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा नेकपा एमालेका उम्मेद्वार हरि उप्रेतीले निरन्तर अग्रता हाँसिल गर्दै विजय नजिक पुगेका छन् ।
शुक्रबार राती २ बजेसम्मको परिणाम अनुसार उप्रतीले ८ हजार ३ सय १० मत प्राप्त गरेका छन् । त्यस्तै ५ हजार ७ सय ७ मत ल्याएर एनेकपा माओवादीका भरत थापा दोश्रो स्थानमा छन् । थापाको उप्रती भन्दा २ हजार ६ सय मत कम रहेको छ । त्यस्तै ३ हजार ७ सय ८२ मत ल्याएर फोरम नेपालका अशोक सिंह कोइरी तेस्रो स्थानमा रहेका छन् ।

तमसपा नेपालका राय अगाडी
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत मंगलबार भएको मतदान अन्तर्गत क्षेत्र नम्बर चारको मतगणनामा पछिल्लो परिणाम अनुसार तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव अगाडी छन् ।
यो समाचार तयार पार्ने क्रममा शुक्रबार राती २ बजेसम्म तमसपा नेपाल राष्ट्रिय अध्यक्ष यादवले ९ हजार ७७ मत ल्याएका छन् । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले ६ हजार ७ सय ८८ मत प्राप्त गरी दोश्रो स्थानमा छन् । राय महतो भन्दा करिब २ हजार ३ सय मतले अगाडी छन् । त्यस्तै नेकपा एमालेका उम्मेद्वार राजनारायण साहले ६ हजार १२ मत हाँसिल गरी तेश्रो स्थानमा रहेका छन् ।

तमलोपाका जंगीलालको जीत निश्चित
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ७ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा तराई मधेश लोकतन्त्र पार्टीका उम्मेद्वार जंगीलाल रायले अग्रतालाई निरन्तरता दिई जीत निश्चित गरेका छन् ।
शुक्रबार राती २ बजेसम्मको परिणाम अनुसार तमलोपाका रायले ९ हजार ४७ मत प्राप्त गरी अग्र स्थान कायमै राखेका छन् । त्यस्तै ७ हजार ६४ मत ल्याएर सद्भावना पार्टीका प्रमोद साहले तमलोपाका उम्मेद्वार रायलाई पछ्याईरहेका छन् । राय साहभन्दा करिब २ हजार मतले अगाडी छन् ।  मतगणना अनुसार ६ हजार ७ सय ६४ मत ल्याएर फोरम लोकतान्त्रिकका रामेश्वर राय तेस्रो स्थानमा रहेका छन् ।

No comments:

Post a Comment