दुलाहाले हेलिकप्टरमा दुलही भित्र्याए
सर्लाही समाचारदाता
हरिपूर्वा, मङ्सिर १५ । दर्जनौं चारपाङग्रे सवारी साधन एवं मोटरसाईकलको लावा लस्कर सहित दुलाहा पक्ष वेहुलीको घर जाने र वैवाहिक परम्परा सकिएपछि वेहुलीलाई लिएर फर्कने प्रचलन नौलो हैन । तर शनिबार सम्पन्न एक विवाहमा भने दुलाहाले हेलिकप्टरमा बेहुली भित्र्याएका छन् ।
सर्लाहीको मूर्तिया गाविस गंगापुर निवासी रामसिंहासन रायका छोरा विनोद रायले दुलही भित्र्याउने क्रममा हेलिकप्टरको प्रयोग गरेका हुन् । हरिपूर्वा गाविस–७ निवासी जगरनाथ रायकी छोरी गीतालाई विनोदले शुक्रबार साँझ हेलिकप्टरबाट आÇनो घर भित्र्याएका हुन् । दिनभरको वैवाहिक परम्परा सकिएपछि साँझ हेलिकप्टर मगाएर गीतालाई लगेको स्थानीय बासिन्दाले बताएका छन् । केश्वर गरिब उमावि हरिपूर्वाको चौरमा साँझ ५ बजेतिर उत्रिएको हेलिकप्टरले दुलाहा, दुलही र परिवारका केही सदस्यलाई लिएर उडेको हरिपूर्वा स्थित प्रहरी चौकीले जनाएको छ । विनोद डिभी परेर अमेरिका बस्ने गरेको र दुलही गीताले स्टाप नर्सको अध्ययन सकेको बताईएको छ ।
No comments:
Post a Comment