ठक्करबाट मृत्यु
सर्लाही समाचारदाता
नवलपुर, मङ्सिर ७ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा सवारी दुर्घटनाबाट एक व्यक्तिको ज्यान गएको छ ।
शुक्रबार राति ट्रकको ठक्करबाट नेत्रगन्जमा मानसिक सन्तुलन ठिक नभएको पुरुषको ज्यान गएको हो ।
पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ४ ख ८०२ नम्वर ट्रकको ठक्करबाट सिन्धुली भिमान घर भएका सर्लाहीको विभन्न बजारमा घुमफिर गरी माग्दै हिड्ने अन्दाजी ४० वर्षका टुकुने विकको ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा राखिएको प्रहरी निरीक्षक लक्ष्मण बहादुर थापा मगरले जानकारी दिए ।
No comments:
Post a Comment