क्षेत्र नं. ३ मा ४ पार्टीलाई २ मत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर १२ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नं. ३ मा समानुपातिकतर्फ सबैभन्दा कम २ मत मात्र पाउने ४ वटा पार्टी रहेका छन् ।
जसमा नेपाली जनता पार्टीको कमिला, राष्ट्रवादी जनता पार्टीको हाँगामा बसेको चरा, देशभक्त पर्यावरणिय सामाजिक मोर्चाको तिनपात र थारुहट तराई पार्टी नेपालको ढक्की चुनाव चिन्हमा २ मत मात्र परेको हो । उक्त क्षेत्रमा १० वा सो भन्दा कम मत पाउने दलहरुको संख्या २९ रहेको छ । जसमा जनयुनिटी को–अपरेटिभ पार्टी नेपालको कापी कलममा ४, नेपाल राष्ट्रिय विकास पार्टीको रेडियोमा ४, नेपाल न्यायिक दलको बलेको मैनबतीमा १०, नेपाल गौरवशाली पार्टीको स्याउमा १०, शान्ति पार्टी नेपालको षडकोणमा ९, लोकतान्त्रिक जनता पार्टी नेपालको हवाईजहाजमा ४, जनमोर्चा नेपालको हेलिकप्टरमा ३, हरियाली पार्टी नेपालको आँप ३, लिम्बुवान मुक्तिमोर्चा नेपालको कोट चिन्हमा ७ मत परेको छ ।
त्यस्तै राष्ट्रिय मधेश एकता पार्टी नेपालको ट्रयाक्टरमा ४, नेपाल आमा पार्टीको आमाको काखमा बच्चामा ४, संघीय लिम्बुवान राज्य परिषदको झण्डा भित्र फूलमा ४, नेपाल राष्ट्र सेवा दलको टेलिफोनमा ७, सहकारी पार्टी नेपालको माहुरीमा ७, लिग नेपाल शान्ति एकता पार्टीको घोडामा ५, नेपाल जनभावना पार्टीको पानसमा १०, नेपाल मधेशी जनता दल समाजवादीको ढोकामा ६, तराई पहाड हिमाल समाज पार्टीको पानीजहाजमा १०, राष्ट्रवादी एकता पार्टीको परेवामा ८, तामाङ्सालिङ राष्ट्रिय जनएकता पार्टीको बज्रमा ९, संघीय विकासवादी पार्टी नेपालको पुलमा ९, राष्ट्रिय लोकतान्त्रिक युवा पार्टीको पुतलीमा ३, देशभक्त समाजको जरायोमा ६, नयाँ संघीयता जनधारणा पार्टीको तवलामा ७, नेपाल श्रमजीवी दलको ओदान चुनाव चिन्हमा ९ मत परेको छ ।
त्यस्तै सबैभन्दा बढी मत नेकपा एमालेको सूर्य चिन्हमा ८ हजार १ सय ५८ मत परेको छ । उक्त क्षेत्रमा प्रत्यक्षतर्फ पनि एमालेकै उम्मेद्वारले जित हाँसिल गरेका हुन् ।
१ हजार भन्दा बढी मत पाउने अन्य दलहरुमा एकिकृत नेकपा माओवादीको गोलाकार भित्र हँसिया हतौडामा ७ हजार २ सय ९, नेपाली कांग्रेसको रुखमा ५ हजार ३ सय ९३, मधेशी जन अधिकार फोरम नेपालको हातले समातेको मसालमा ३ हजार २ सय ६०, तराई मधेश सद्भावना पार्टी नेपालको लठ्ठी लिएको पुरुषमा २ हजार ६ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको गाईमा २ हजार ४ सय ८९, तराई मधेश लोकतान्त्रिक पार्टीको जोडा गोरुमा २ हजार ७३, सद्भावना पार्टीको तिरमा १ हजार ७ सय ५६ र मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) को नमस्कार गरेको हात चुनाव चिन्हमा १ हजार ३ सय ८ मत परेको छ ।
प्रत्यक्षतर्फ भने उक्त क्षेत्रमा एमालेका उम्मेद्वार हरि उप्रेतीले १२ हजार ८ सय ८ मत पाएर निर्वाचित भएका थिए । त्यस्तै एमाओवादीका उम्मेद्वार भरत थापाले ९ हजार १ सय १, मधेशी जन अधिकार फोरम नेपालका अशोक कुमार सिंहले ५ हजार ५९, कांग्रेसकी मिना पाण्डेले ४ हजार २ सय ८८, तराई–मधेश लोकतान्त्रिक पार्टीका रामबाबु यादवले ३ हजार ५ सय २, तराई मधेश सदभावना पार्टी नेपालकी किरण कुमारी रायले २ हजार ९५, सद्भावना पार्टीका वलिराम चौधरीले १ हजार २ सय ५२, मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का रामवली रायले १ हजार २ सय ३३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामशरण रायले ३ सय ३३ मत पाएका थिए ।
५४ हजार ८ सय १९ मतदाता रहेको उक्त क्षेत्रमा समानुपातिकतर्फ ४५ हजार ८ सय ७१ मतदान भएको छ । जसमा १ हजार ५ सय ११ मत बदर भएको क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment