Tuesday, November 26, 2013

देउसीको रकम भाँडामा

देउसीको रकम भाँडामा
सर्लाही समाचारदाता
नारायणखोला, मङ्सिर ९ । नारायणखोलाका स्थानीय युवाहरुले देउसी भैलो खेलेर संकलन भएको रकमबाट सामाजिक कार्यका लागी भाँडा खरिद गरेका छन् ।
सत्रकठ्ठा टोलका युवाहरुले हरेक वर्ष देउसी भैलो खेलेर संकलन भएको रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको र यस वर्ष पनि सामाजिक कार्यमा प्रयोग गर्न भाँडा खरिद गरिएको स्थानीय युवा गंगा मगरले जानकारी दिए । यस वर्ष देउसी भैलो खेलेर १५ हजार संकलन भएको र सबैको निर्णय अनुसार भाँडा खरिद गरिएको बताइएको छ ।  टोलका युवाहरुले २०५२ साल देखी देउसी भैलो खेलेर संकलन भएको रकम गाउँको सार्वजनिक कार्यमा खर्च गरिरहेका जानकारी दिइएको छ ।

No comments:

Post a Comment