Thursday, November 14, 2013

छुरा प्रहारबाट घाइते

छुरा प्रहारबाट घाइते
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २८ । अपरिचित व्यक्तिको छुरा प्रहार बाट मलंगवा ५ की एक महिला गम्भिर घाईते भएकी छिन् ।
विहिबार अपरान्ह स्थानीय राजदेवी मन्दिरमा पूजा गर्न जाँदा साईकलमा आएका एक अपरिचित व्यक्तिको छुरा प्रहारबाट मलंगवा ५ का सुरेश महतो कोइरीका ३५ वर्षिय श्रीमती गिता देवी गम्भिर घाईते भएकी हुन् । अपरिचित व्यक्तिले उनको घाटीमा दुई पटक सम्म छुरा प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।
छाती र दुवै हातमा समेत गहिरो चोट लागेर गम्भिर घाईते गिता देवीको जिल्ला अस्पताल मलंगवाको प्राथमिक उपचार पश्चात थप उपचारका लागी नेशनल मेडिकल कलेज वीरगंज पठाइएको  जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
छुरा प्रहार गर्ने व्यक्ति साईकल छोडेर फरार भएको र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
छुरा प्रहारको कारणबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment