Thursday, November 14, 2013

जाँदाजाँदै खनालले भने–‘म मधेशवादी’

जाँदाजाँदै खनालले भने–‘म मधेशवादी’
सर्लाही समाचारदाता
गौरीशंकर, कात्तिक २८ । नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनालले एमाले र आफूलाई मधेश विरोधी भन्नेहरु स्वयं नै मधेश विरोधी रहेको दावी गरेका छन् ।
विहिबार गौरीशंकरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष खनालले पहिला देखि नै ‘एक मधेश एक प्रदेश’ हुदैन भन्ने एमालेको अडानमा हाल मधेशवादी दलहरु समेत मिसिन आएकाले एमाले नै मधेशको हित चाहने सही पार्टी भएको दावी गरे ।  मधेश विरोधी भन्नेहरुलाई चुनौती दिन र मधेशको पक्षमा काम गर्नका लागि नै आफुले सर्लाहीबाट उम्मेद्वारी दिएको क्षेत्र नं. १ का उम्मेद्वार खनालको जिकिर थियो ।
आफूले सर्लाहीबाटै जग्गा पाएको र घरसमेत बन्न लागिरहेको उल्लेख गर्दै अध्यक्ष
खनालले सर्लाहीका जनताले जिल्लाबासी बनाएर माया गरेको तर्क गरे ।
एमाले नेता रेवती पन्तका अनुसार २० गते सर्लाही आएका अध्यक्ष खनाल शुक्रबार फर्कदै छन् । यसबीच उनले आफूले उम्मेद्वारी दिएको क्षेत्र नं. १ का १२ वटै गाविसमा घरदैलो एवं कोणसभाहरु गर्न सफल भए भने क्षेत्र नं. २ को हरिपुरमा क्षेत्रीय सभालाई समेत सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment