टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा,मङ्सिर ८ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत सर्लाहीको ६ वटै क्षेत्रको मतगणनाको परिणाम शनिबार राती सम्म प्रकाशित भएको छ । परिणाम अनुसार सर्लाहीमा गत २०६४ मा सम्पन्न संविधान सभाको निर्वाचन भन्दा पृथक परिणाम आएको छ । गत संविधान सभामा २–२ सिट पाएका नेकपा एमाले र सद्भावना पार्टीले आÇना राष्ट्रिय अध्यक्षहरुलाई नै यस वर्षको निर्वाचनमा जिताउन सकेन र एमालेले भने फरक क्षेत्रमा १ सिट हात लगाउँदै उपस्थिती कायम राखेको छ । गत निर्वाचनमा सुन्य अवस्थामा रहेको नेपाली कांग्रेसले यसवर्षको चुनावमा २ सिट हात लगाएको छ भने सुन्य अवस्थामै रहेका एकिकृत नेकपा माओवादी एवं तराई मधेश लोकतान्त्रिक पार्टीले १–१ सिट हात पारेका छन् भने नयाँ पार्टीको रुप्मा रहेका तराई मधेश सद्भावना पार्टी नेपालको तर्फबाट राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव नै विजयी भएपछि आगामी संविधान सभामा सर्लाहीको तर्फबाट नयाँ राजनैतिक समिकरण निर्माण भएको छ । गत मंगलबार सम्पन्न संविधान सभा निर्वाचनमा एमाले राष्ट्रिय अध्यक्ष खनाल सहित विभिन्न राजनैतिक दलका ५ जना राष्ट्रिय अध्यक्ष उम्मेद्वार रहेकाले मुलुकभर चर्चामा रहेको सर्लाहीको पछिल्लो मत परिणाम अनुसार तमसपा नेपालका अध्यक्ष यादवमात्र विजयी भएका छन् भने एमाले अध्यक्ष खनाल, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्री न्यौपानेले नराम्रोसँग पराजय बेहोरेका छन् । ०६२÷०६३ मा मधेश आन्दोलनमा पहाडिया समुदायको तर्फबाट ‘इन्काउन्टर’ को रुपमा सर्लाहीमा नै स्थापना भएको चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष न्यौपानेले त जमाना जफत नै हुनु प¥यो ।
महेन्द्रको शानदार जीत
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ८ । सर्लाहीको क्षेत्र नं. ४ मा तराई मधेश सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई गत मंगलबार सम्पन्न संविधान सभा निर्वाचनमा पराजीत गरेका छन् ।
शनिबार दिउँसो सम्पन्न मतगणना परिणाम अनुसार तमसपा नेपालका अध्यक्ष यादवले ११ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हाँसिल गरेका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी सदभावना अध्यक्ष महतोले ८ हजार ७ सय ९० मत मात्र प्राप्त गरेका छन् भने नेकपा एमालेका जिल्ला उपाध्यक्ष राजनारायण साहले ८ हजार ३ सय ४८ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रबाट गत संविधान सभा निर्वाचनमा सद्भावना अध्यक्ष महतोले भारी मत ल्याएर विजयी हाँसिल गरेका थिए । निकट्तम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेद्वार बनेका रामचन्द्र राय भन्दा झण्डै दोब्बर मत ल्याएर सद्भावना अध्यक्ष महतो निर्वाचित भएका थिए । गत मंगलबार सम्पन्न दोस्रो संविधान सभा निर्वाचन अन्तर्गत घोषित परिणाम अनुसार मधेशी जन अधिकार फोरम नेपालबाट उम्मेद्वार खडा भएका रामचन्द्र रायले ५ हजार २० मत ल्याएर चौथो स्थानमा चित्त बुझाउनु प¥यो ।
विजयी तमसपा नेपालका अध्यक्ष महेन्द्र राय यादवलाई मुख्य निर्वाचन अधिकृत एवं क्षेत्र नं. ४ का निर्वाचन अधिकृत कृष्णकमल अधिकारीले प्रमाण पत्र प्रदान गरेका थिए । राष्ट्रिय अध्यक्ष यादवले विजयी भएको प्रमाण पत्र पाएलगतै तमसपाले सदरमुकाम मलंगवामा विजयी जुलुस प्रदर्शन गरेको छ । तमसपा अध्यक्ष यादवले गत मंगलबार सम्पन्न दोस्रो संविधान सभा निर्वाचनको मत परिणामको सबैले आत्मसात गर्नुपर्ने बताए । सहि ढंगले निर्वाचन सम्पन्न भएको क्षेत्रमा स्वीकार गर्नुपर्ने र गलत भएको स्थानमा आवश्यक अनुसन्धान हुनुपर्ने उनको भनाई थियो । जनमतको कदर गरिनु नै लोकतान्त्रिक संस्कारको मुख्य जग रहेको उल्लेख गर्दै तमसपा अध्यक्ष यादवले एकिकृत नेकपा माओवादीलाई जनमतको कदर गर्न आग्रह गरे ।
५४ हजार १ सय ४७ मतदाता रहेको उक्त क्षेत्रमा गत मंगलबार सम्पन्न मतदानमा ४४ हजार ५ सय ९५ मतदाता सहभागि बनेका थिए । जसमा २ हजार २ सय ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा ३८ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
तमलोपाका जंगीलाल निर्वाचित
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ८ । तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष जंगीलाल रायले गत मंगलबार सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा जीत हाँसिल गरेका छन् । शनिबार विहान सम्पन्न मतगणना परिणाम अनुसार क्षेत्र नं. ५ बाट संविधान सभा सदस्यको रुपमा विजयी हाँसिल गरेका हुन् ।
तमलोपा उम्मेद्वार रायले ९ हजार ७ सय ६७ मत ल्याएर विजय प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी सदभावना पार्टीका जिल्ला अध्यक्ष प्रमोद साहले ७ हजार ७ सय २३ मत ल्याए भने तेस्रो स्थानमा मधेशी जन अधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले ७ हजार ४ सय ८३ मात्र मत प्राप्त गरेका छन् ।
विजयी रायलाई क्षेत्र नं. ५ का निर्वाचन अधिकृत शंकर बरालले विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए । तमलोपाले विजयी रायले प्रमाणपत्र पाए लगतै शनिबार विहानै सदरमुकाम मलंगवामा विजयी जुलुस प्रदर्शन गरेको छ ।
विजयी राय गत २०६४ मा सम्पन्न संविधान सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट तमलोपाको उम्मेद्वार रहेका थिए । सो निर्वाचनका क्रममा राय सद्भावना पार्टीका तर्फबाट खडा भएका खोभारी रायबाट पराजीत भएका थिए ।
खोभारीले १३ हजार १ सय ४२ एवं रायले निकट्तम प्रतिद्वन्द्वीका रुपमा १२ हजार २ सय ९७ मत हाँसिल गरेका थिए । यस पटकको निर्वाचनमा तराई मधेश सद्भावना पार्टीको तर्फबाट उम्मेद्वारी दिएका खोभारीले भने पाँचौ स्थान मात्र प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ३८ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
चौधरीले लामालाई हराए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ८ । नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र चौधरी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।
चौधरीले गत मंगलबार सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा जीत हाँसिल गरेका हुन् । उनले शनिबार राती सम्पन्न मतगणना परिणाम अनुसार मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र लामालाई पराजीत गरेका छन् ।
कांग्रेस उम्मेद्वार चौधरीले ६ हजार ७ सय ४ मत प्राप्त गरे भने उनको निकटतम प्रतिस्पर्धी एमालेका लामाले ६ हजार ३ सय ५९ मत प्राप्त गरे । तेस्रो स्थानमा एमाओवादीका राजकुमार रायले ४ हजार ७ सय ११ मत हाँसिल गरेका छन् ।
यसअघिको संविधान सभा निर्वाचनमा उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट मोहम्मद रिजवान अन्सारीले ९ हजार १ सय ५६ मत ल्याएर जित हाँसिल गरेका थिए भने उनका निकट्तम प्रतिद्वन्द्वीका रुपमा चुरे भावर राष्टिूय एकता पार्टीका उम्मेद्वार रामशरण उप्रेतीले ७ हजार ९ सय ८५ मत प्राप्त गरेका थिए । यस पटकको चुनावमा एमालेले आÇनो सिट मात्र गुमाएको छैन, गत संविधान सभा निर्वाचनमा मुख्य प्रतिस्पर्धी दलको रुपमा रहेको चुरे भावर राष्ट्रिय पार्टीका अध्यक्ष बद्री न्यौपानेले सोचे भन्दा निकै कम मत ल्याएर आÇनो जमानत समेत बचाउँ सकेनन् ।
विजयी चौधरीलाई क्षेत्र नं. २ का निर्वाचन अधिकृत लालकाजी श्रेष्ठले विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए । कांग्रेस कार्यकर्ताले राती ११ बजेतिर नै चौधरीले विजयी भएको प्रमाण पत्र पाए लगतै सदरमुकाम मलंगवामा विजयी जुलुस प्रदर्शन गरेको छ ।
५५ हजार ७९ मतदाता रहेको उक्त क्षेत्रमा गत मंगलबार सम्पन्न मतदानमा ४२ हजार १ सय १ मतदाता सहभागि बनेका थिए । जसमा २ हजार २ सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा ४२ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
उप्रेतीको दोस्रो पटकमा सफलता
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ८ । नेकपा एमालेका उम्मेद्वार हरि उप्रेतीले गत मंगलबार सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा जित हाँसिल गरेका छन् । उनले शनिबार सम्पन्न मतगणना परिणाम अनुसार क्षेत्र नं. ३ बाट संविधान सभा सदस्यको रुपमा विजयी हाँसिल गरेका हुन् ।
एमाले उम्मेद्वार उप्रेतीले १२ हजार ८ सय ७ मत पाए भने उनका निकट्तम प्रतिद्वन्द्वी एकिकृत नेकपा माओवादीका उम्मेद्वार भरत थापाले ९ हजार ९९ मत प्राप्त गरे । तेस्रो स्थानमा मधेशी जन अधिकार फोरम नेपालका अशोक सिंहले ५ हजार ५९ मत हाँसिल गरेका छन् ।
विजयी उप्रेतीलाई क्षेत्र नं. ३ का निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठले विजयी भएको प्रमाणपत्र प्रदान गरेका थिए । एमालेले साँझ उप्रेतीले विजयी भएको प्रमाण पत्र पाए लगतै सदरमुकाम मलंगवामा विजयी जुलुस प्रदर्शन गरेको छ ।
विजयी उप्रेती गत २०६४ मा सम्पन्न संविधान सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट एमालेको उम्मेद्वार रहेका थिए । सो निर्वाचनका क्रममा उप्रेती तराई मधेश लोकतान्त्रिक पार्टीकी सुमित्रादेवी राय यादवबाट पराजीत भएका थिए । तमलोपाकी यादवले ११ हजार ८ सय ६८ एवं उप्रेतीले १० हजार ५ सय ८७ मत हाँसिल गरेका थिए ।
५४ हजार ८ सय १९ मतदाता रहेको उक्त क्षेत्रमा गत मंगलबार सम्पन्न मतदानमा ४५ हजार २८ मतदाता सहभागि बनेका थिए । जसमा २ हजार ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा ४६ जना उम्मेद्वार प्रतिस्पर्धामा थिए ।
No comments:
Post a Comment