Tuesday, November 26, 2013

हतियार सहित ६ पक्राउ

हतियार सहित ६ पक्राउ
सर्लाही समाचारदाता
हजरिया, मङ्सिर ०४ । दोश्रो संविधानसभा निर्वाचनको पूर्व संध्यामा  हतियार सहित ६ जना पक्राउ परेका छन्् ।
निर्वाचन शुरक्षार्थ खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले हजरिया १ मा हतियार बोकेर हिडिँरहेको अवस्थामा रहेका व्यक्तिलाइ पक्राउ गरेको हो । पक्राउपर्नेहरुमा हजरिया १ का ५५ वर्षिय शिवबहादुर कार्की, सोही ठाउँका ३१ वर्षिय लोकेन्द्र कर्ण र अन्य ४ जनाको परिचय खुल्न नसकेको व्यक्तिहरु रहेका  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले जानकारी दिए ।
एउटा नल कटुवा बन्दुकका साथै थ्रिनट थ्रि राईफलमा लाग्ने ४ राउण्ड गोली सहित उनीहरुलाई पक्राउ गरिएको हो । ३ वटा मोटरसाईकलमा हिडिरहेको अवस्थामा भेटिएको भएपनि हतियार बोकेर कार्की र कर्णले चढेको ज २ प ८७९९ नम्वरको मोटरसाईकललाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रवक्ता ओलीले बताए ।

No comments:

Post a Comment