सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ५ । दोस्रो संविधानसभाको मतदान कार्यलाई शान्तिपूर्ण बनाउन सोमबार साँझदेखि सिल गरिएका नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु बुधबार बिहानदेखि सञ्चालन भएका छन् ।
नेपालको सर्लाही र भारतको विहार राज्यको सोनवर्षा जिल्लामा पर्ने नाका बुधबार बिहान ७ बजेबाट सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरेले बताए ।
नाका खुलेपछि बिहानैदेखि नेपाल–भारत दुवै तर्फका यात्रुहरु र मालवाहक सवारीसाधन पनि सहज रुपले आवतजावत गर्न थालेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रका प्रमुख बजार भारतको सोनवर्षा रहेकाले कतिपय उपभोक्ताहरु नाका सिलबाट मर्कामा परेका थिए ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन दुवै देशका उच्च सुरक्षा अधिकारीको बैठकले मङ्सिर २ देखि ५ गतेसम्म सीमा नाकाहरु सिल गरेको थियो ।
No comments:
Post a Comment