मतदान अधिकृत चयनमा लापरवाही
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २८ । मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयबाट अन्यत्रै सरुवा भईसकेका र निवृत्तिभरण पाईसकेका शिक्षक एवं कर्मचारीलाई समेत मतदात अधिकृतको रुपमा चयन गरिएको गुनासो आएको छ ।
कतिपय निजी बैंकका कर्मचारीहरुको नाम समेत आगामी निर्वाचनका लागि मतदान अधिकृतको रुपमा प्रकाशित भएको जानकारहरु बताउँछन् । जिल्ला शिक्षा कार्यालयबाट आएको लिष्टका आधारमा निवृत्तिभरण एवं सरुवा भईसकेका शिक्षकहरुको नाम पर्न गएको हुन सक्ने उल्लेख गर्दै त्यसलाई सच्याउने काम भईरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश अधिकारीले बताए ।
नागरिक समाजका अगूवा उग्रकान्त झाले कार्यरत मावि स्तरका धेरै शिक्षकहरुको नाम नपरेको र जिल्लाबाट सरुवा भईसकेका तथा निवृत्तिभरण पाईसकेका शिक्षकहरुको मतदान अधिकृत एवं सहायक मतदान अधिकृतको रुपमा परेको गुनासो आफूलाई पनि धेरै आएको बताए । निर्वाचन कार्यालयमा कुरा राख्दा सच्याउने प्रयास भईरहेको जानकारी आएको झाले बताए । झाका अनुसार कतिपय निजी बैंकका कर्मचारीहरुको नाम समेत मतदान अधिकृत एवं सहायक मतदान अधिकृतको रुपमा देखिएको गुनासो आएको छ ।
निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत विभिन्न कार्यालयका कर्मचारीहरुको मिलेमतोमा त्यस्तो काम भएको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment