Thursday, November 14, 2013

कर्मैयामा बमको आतंक

कर्मैयामा बमको आतंक
सर्लाही समाचारदाता
कर्मैया, कात्तिक २८ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्मैयाको डुमाजोर पुलमा विहिबार शकांस्पद बस्तु भेटिएको छ ।
संकास्पद बस्तु बम भएको आसंकामा स्थानिय बासिन्दा त्रसिद एवं भयभित भएका थिए । निर्वाचन विरोधी आन्दोलनकरीले राजमार्ग अबरुद्घ पार्नकालागि संकास्पद् बस्तु सडकमा राखेको हूनसक्ने प्रहरीले जनाएको छ  । पुल नजिक वरिपरी ढुङ्गा थुपारेर प्लाष्टिकले बेरेर बम जस्तो देखिने गरि शकांस्पद बस्तु राखिएको भएपनि सो बस्तु बम नरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शंकरसिंह रावलले बताए ।  सडकमा बम रहेको भन्ने जानकारी आएपछि  डिष्पोज गर्न गएको नेपाली सेनाको रिपुमर्दन गणका डिस्पोजल टोलि सो शकांस्पद बस्तु बम नभएपछि त्यसै फर्किएको थियो ।

No comments:

Post a Comment