मतगणना जारी, कसले कति मत ल्याए
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ६ । संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार सम्पन्न मतदानको जिल्ला स्थित ६ वटै क्षेत्रको मतगणना कार्य धमाधम भईरहेको छ । विहिबार राती अवेरसम्म पनि कुनै क्षेत्रको अन्तिम परिणाम आउन सकेको छैन । क्षेत्र नं. १ देखि ५ सम्मको मतगणना बुधबार रातीदेखि नै सुरु भएपनि क्षेत्र नं. ६ को भने विहिबार विहानबाट मात्र सुरु भएको हो । विहीबार राती अबेरसम्म प्राप्त भएको नतिजा मतगणनाको नतिजा अनुसार ः
खनालले फड्को मारे
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत मंगलबार भएको मतदान अन्तर्गत क्षेत्र नम्बर एकको मतगणनामा पछिल्लो परिणाम अनुसार नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाल अगाडी छन् ।
यो समाचार तयार पार्ने क्रममा राती २ बजेसम्म एमाले राष्ट्रिय अध्यक्ष खनालले २ हजार ७ सय ६९ मत ल्याएका छन् । उनलाई पछ्याउँदै एकिकृत नेकपा माओवादीका उम्मेद्वार शम्भुलाल श्रेष्ठले २ हजार ५ सय ४० मत हाँसिल गरेका छन् । त्यस्तै तेस्रो स्थानमा तराई मधेश सद्भावना पार्टी नेपालका जिल्ला अध्यक्ष रामचन्द्र सिंह कुशवाहले १ हजार ५ सय २७ मत प्राप्त गरेका छन् ।
सुरेन्द्र लामा अगाडी
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा नेकपा एमालेका उम्मेद्वार सुरेन्द्र लामाले अग्रता हाँसिल गरिरहेका छन् ।
दिनभरी एमाओवादीका राजकुमार रायले अग्रता हाँसिल गरिरहेको भएपनि विहिबार राती २ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेका लामाले १ हजार ४ सय ६५ मत प्राप्त गरेका छन् । त्यस्तै १ हजार ३ सय ९२ मत ल्याएर एनेकपा माओवादीका राजकुमार राय यादवले एमाले उम्मेद्वार लामालाई पछ्याईरहेका छन् । मतगणना अनुसार १ हजार ४६ मत ल्याएर नेपाली कांग्रेसका रामचन्द्र चौधरी तेस्रो स्थानमा रहेका छन् ।
हरि उप्रेती अगाडी
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा नेकपा एमालेका उम्मेद्वार हरि उप्रेतीले निरन्तर अग्रता हाँसिल गरिरहेका छन् ।
विहिबार राती २ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेका उप्रतीले ३ हजार ३ सय २९ मत प्राप्त गरेका छन् । त्यस्तै २ हजार ३ सय ७० मत ल्याएर एनेकपा माओवादीका भरत थापाले एमाले उम्मेद्वार उप्रेतीलाई पछ्याईरहेका छन् । मतगणना अनुसार १ हजार ६ सय १२ मत ल्याएर फोरम नेपालका अशोक सिंह कोइरी तेस्रो स्थानमा रहेका छन् ।
तमसपा नेपालका राय अगाडी
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत मंगलबार भएको मतदान अन्तर्गत क्षेत्र नम्बर चारको मतगणनामा पछिल्लो परिणाम अनुसार तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादव अगाडी छन् ।
यो समाचार तयार पार्ने क्रममा राती २ बजेसम्म तमसपा नेपाल राष्ट्रिय अध्यक्ष यादवले ४ हजार १ सय १३ मत ल्याएका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेद्वार राजनारायण साहले २ हजार ८ सय ५३ मत हाँसिल गरेका छन् । त्यस्तै तेस्रो स्थानमा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले २ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् ।
तमलोपाका जंगीलाल अगाडी
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा तराई मधेश लोकतन्त्र पार्टीका उम्मेद्वार जंगीलाल रायले अग्रता हाँसिल गरिरहेका छन् ।
विहिबार राती २ बजेसम्मको परिणाम अनुसार तमलोपाका रायले २ हजार ८ सय ८८ मत प्राप्त गरेका छन् । त्यस्तै २ हजार ४ सय ३ मत ल्याएर सद्भावना पार्टीका प्रमोद साहले तमलोपाका उम्मेद्वार रायलाई पछ्याईरहेका छन् । मतगणना अनुसार १ हजार ९ सय ६८ मत ल्याएर फोरम लोकतान्त्रिकका रामेश्वर राय तेस्रो स्थानमा रहेका छन् ।
कांग्रेसका अमरेश कुमार अगाडी
संविधान सभाको दोस्रो निर्वाचन अन्तर्गत गत मंगलबार भएको मतदान अन्तर्गतको मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार अमरेश कुमार सिंहले अग्रता हाँसिल गरिरहेका छन् ।
विहिबार राती २ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका सिंहले ३ हजार ७ सय ५ मत प्राप्त गरेका छन् । त्यस्तै २ हजार ८ सय ७२ मत ल्याएर तराई मधेश सद्भावना पार्टी नेपालका शिव पुजन रायले कांग्रेस उम्मेद्वार सिंहलाई पछ्याईरहेका छन् । मतगणना अनुसार २ हजार ३ सय ५६ मत ल्याएर तमलोपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर तेस्रो स्थानमा रहेका छन् ।
No comments:
Post a Comment