एकसय १४ लाई सवारी पास
सर्लाही समाचारदाता
मलंगवा, मङ्सिर ०२ । मंङ्सिर ४ गते हुन लागेको संविधान सभाको दोश्रो निर्वाचनका लागि एकसय १४ जनाले सवारी पास लिएका छन् ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत पवन सुवेदीका अनुसार आइतबार निर्वाचनका उम्मेद्वार, पर्यवेक्षक एवं संचारकर्मीहरु गरी एकसय १४ जनालाई सवारी पास प्रदान गरिएको छ ।
अधिकृत सुवेदीले भने –‘मंसिर–४ गतेका लागि सवारी चलाउने अनुमति पत्रका लागि साँझ सात बजेसम्म कार्यालयमा भिड रहेको थियो । संविधान सभा निर्वाचन मंसिर–४ गते विहान ७ बजेदेखि बेलुकी पाँच बजेसम्म अनुमति बाहेकका सवारी साधन र शुरक्षा निकायका बाहेक सवारी साधन संचालनका लागि मुख्य निर्वाचन अधिकृतको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
स्थानीय प्रशासनले उम्मेद्वारका लागि चारचक्के तथा अन्य पर्यवेक्षक लगायत संचारकर्मीलाई दुईचक्के (मोटरसाइकल) को सवारी पास उपलब्ध गराएको छ ।
जिल्लामा दुईसय ५५ वटा प्रत्यक्षतर्फमा उम्मेद्वार रहेका र सबैलाई सवारी पास उपलब्ध गराईने बताइएको छ । संविधान सभाका समानुपातिक उम्मेद्वारलाई भने सवारी पास उपलब्ध नहुने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका सयौं समानुपातिक उम्मेद्वारको सवारी पास लिन जिल्ला प्रशासनमा भिड रहेको भएपनि नियमानुसार उनीहरुलाई दिन नमिल्ने प्रशासन श्रोतले जनाएको छ ।
No comments:
Post a Comment