Tuesday, November 12, 2013

बसमा आगजनी, यात्रु सकुसल

बसमा आगजनी, यात्रु सकुसल
सर्लाही समाचारदाता
हरिवन, कात्तिक २६ । बयलबासबाट काठमाण्डौ जादै गरेको एक रात्री बसमा सोमबार राती आगलागि भएको छ । ना.४ ख ४७३४ नम्बरको रोशन ट्राभल्स रात्रीबसमा चितवनको जुगेडीमा आगलागि भएको थियो ।
गुडिरहेको गाडीमा सडक माथिबाट एक्कासी आएको आगोले सम्पूर्ण बस जलेर क्षतिग्रस्त भएको बताइएको छ । बसमा आगो लागेपछि यात्रुहरु झ्यालबाट हामफाली ज्यान जोगाउन सफल भएका तर उनीहरुका झोला एवं खाद्यान्न सामग्री भने सबै जलेका थिए । प्राप्त जानकारी अनुसार चाडवाडमा घर आएका विद्यार्थीले फर्कदा लगेका खाद्य सामग्री सम्पूर्ण जलेर नष्ट भएपछि कतिपयहरु पूनः घर फर्किएका बताइएको छ ।
बन्दकर्ताहरुले बसमा पेट्रोल बम प्रहार गरेको हुनसक्ने सुरक्षाकर्मीको अनुमान रहेको छ ।

No comments:

Post a Comment