मलंगवामा नमूना मतदान केन्द्र
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २६ । निर्वाचन कार्यालयले मलंगवा–६ को मतदान केन्द्रलाई नमूना मतदान केन्द्रको रुपमा संचालन गर्ने भएको छ ।
निर्वाचन अधिकृत सहित सम्पूर्ण कर्मचारीहरु महिला मात्र राखेर नमूना मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अधिकारीले भने –‘महिलाहरुलाई मात्र परिचालन गराई जिल्लामा एउटा नमूना मतदान केन्द्र संचालन गरिन लागेको छ ।’
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मी श्रेष्ठ मतदान अधिकृत रहने सो केन्द्रमा सातजना महिला कर्मचारी शिक्षक (महिला) र पाँचजना स्वयंसेवक परिचालन हुने कार्यालयले जनाएको छ ।
सदरमुकाम मै रहेको सो नमूना मतदान केन्द्रमा आइपरेका समस्याका बारेमा कार्यालयले सहयोग गर्ने निर्वाचन कार्यालय प्रमुख अधिकारीले उल्लेख गरे ।
No comments:
Post a Comment