‘प्रचण्ड सिद्धान्तविहिन’
सर्लाही समाचारदाता
भक्तिपुर, कात्तिक २५ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सिद्धान्तविहिन नेता भएको आरोप लगाएका छन् ।
सोमबार भक्तिपुरमा भएको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष खनालले सो कुरा बताएका हुन् । खनालले माओवादी पहिलो पार्टी बन्ने सपना देख्नु हुट्टीट्याउँले आकाश थाम्नु जस्तै भएको बताए । सर्लाही क्षेत्र नम्वर १ का उमेद्वार समेत रहेका अध्यक्ष खनालले भक्तिपुरमा भएको घरदैलो कार्यक्रममा एकिकृत नेकपा माओवादीलाई खहरे पार्टी भएको टिप्पणी गरेका थिए । केहि दिनयता एमालेका अध्यक्ष झलनाथ खनाल र एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक आपसमा आरोप प्रत्यारोप गर्नेक्रम बढेको छ । अर्को प्रसंगमा खनालले एमाले प्रति देखिएको आर्कषणले अव मुलुकको नेतृत्व एमाले बाहेक कसैले गर्न नसक्ने दावी गरे । उन्ले संविधानसभा निवार्चन मुलुकलाई नयाँ बाटो देखाउने माध्यम भएकाले सही विचार र नेतृत्व चुनिनुपर्ने उल्लेख गरे ।
No comments:
Post a Comment