Tuesday, November 12, 2013

सकसपूर्ण घरदैलोमा राष्ट्रिय अध्यक्षहरु

सकसपूर्ण घरदैलोमा राष्ट्रिय अध्यक्षहरु
टंकबहादुर क्षेत्री÷सर्लाही दैनिक
मलंगवा, कात्तिक २६ । आगामी संविधान सभा निर्वाचनमा सर्लाहीबाट उम्मेद्वार बनेका विभिन्न राजनैतिक दलका राष्ट्रिय अध्यक्षहरु आ–आÇनो क्षेत्रमा घरदैलो, कोण सभा एवं एक–अर्काका नेताकार्यकर्ता तान्ने होडबाजीमा व्यस्त बनेका छन् । सर्लाहीबाटै राजनीतिको स्तर माथि पु¥याउँदै तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष बनेका महन्थ ठाकुर, सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष बनेका राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष बनेका महेन्द्र राय यादवसँगै नेकपा एमालेका राष्ट्रिय अध्यक्ष झलनाथ खनाल आगामी मंसिर ४ गते हुने जनताको मतपरिक्षामा पास हुनका लागि ‘सकसपूर्ण’ चुनावी प्रचारप्रसारमा दिनरात लागि परेका हुन् । त्यस्तै चुरे भावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष बद्री न्यौपाने पनि चुनावी दौडाहामा छन् । क्षेत्र नं. १ का उम्मेद्वार एमाले अध्यक्ष खनाल पूर्व प्रधानमन्त्री समेत हुन् भने तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष महतो, तमसपा नेपाल अध्यक्ष यादव र चुरे भावर अध्यक्ष न्यौपाने पूर्व मन्त्रीहरु समेत हुन् । स्थानीय मतदाताको कुरा सुन्न एवं आÇनै पार्टीका नेता कार्यकर्ताहरुको चाहना अनुसार घरदैलो लगायत कार्यक्रम गरिएको राष्ट्रिय अध्यक्षहरुको भनाई छ ।
गत विहिबारदेखि आफु उम्मेद्वार भएको क्षेत्रमा घरदैलो, कोण सभा लगायत कार्यक्रममा व्यस्त बनिरहेका छन् एमाले अध्यक्ष खनाल । मंगलबारसाँझसम्म उनले १ नं. क्षेत्रको १२ वटा गाविस मध्ये ८ वटामा घरदैलो र कोणसभा गर्न भ्याईसकेका छन् । एमाले नेता रेवती पन्तका अनुसार वेला, जब्दी, गौरिशंकर र बसन्तपुर गाविस बाहेक ८ वटा गाविसमा अध्यक्ष खनालको घरदैलो र कोणसभा सम्पन्न भईसकेको छ । वेला र जब्दीमा बुधबार तथा गौरीशंकर र बसन्तपुरमा विहिबार घरदैलो एवं कोणसभाको कार्यक्रम रहेको पन्तले बताए । अध्यक्ष खनाल आगामी कात्तिक २९ गते शुक्रबार इलामतर्फ लाग्ने पन्तले बताए ।
उक्त क्षेत्रमा अध्यक्ष खनाल सहित एकिकृत नेकपा माओवादीका शम्भुलाल श्रेष्ठ, तमसपा नेपालका रामचन्द्र सिंह कुशवाह, नेपाली कांग्रेसकी शुशिला कार्की, सद्भावनाका रुपनारायण सिंह, राप्रपा नेपालका नारायण श्रेष्ठ, तमलोपाका गोपाल पञ्जियार लगायत ३६ जना उम्मेद्वार रहेका छन् । खनाल र एमाओवादीका श्रेष्ठबीच नै कडा प्रतिष्पर्धा रहेको चर्चा चलिरहेको छ । उनीहरुबीचको प्रतिष्पर्धामा अर्को कुनै उम्मेद्वारले जीत हात पार्न सक्ने पनि उतिकै सम्भावना रहेको चर्चा पनि त्यतिकै चलिरहेको छ ।
त्यस्तै क्षेत्र नं. ६ मा उम्मेद्वारी दिएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुर पनि घरदैलो र कोणसभाहरुमा व्यस्त छन् । सो पार्टीका नेता केदारनन्दन् चौधरीका अनुसार मंगलबारसम्म अध्यक्ष ठाकुरले १७ वटा गाविसमा घरदैलो एवं कोणसभा भ्याईसकेका छन् । उक्त क्षेत्रमा रहेका २४ वटा गाविसमध्ये बगदह, खैर्वा, रामनगर बोहर्वा, छटौल, सुदामा, अचलगढ र सिसौटमा अध्यक्ष ठाकुर पुग्न बाँकी छ । उनी चुनाव सम्पन्न नभएसम्म क्षेत्रमै रहने चौधरीले बताए ।
मुटुमा ‘पे्रस मेकर’ जडान गरिएका कारण धेरै हिडडुल नगर्न चिकित्सकहरुको सल्लाह भएपनि नेता कार्यकर्ताको व्यापक दवावपछि अध्यक्ष ठाकुरले अन्तिम समयमा उम्मेद्वारीको घोषणा गरेका थिए । त्यसअघि उनले आगामी संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वारी नदिने बताउँदै आएका थिए । गत संविधान सभामा मधेशी जन अधिकार फोरम नेपालको तर्फबाट उठेका शिवपुजन रायसँग २ सय ७२ मतले मात्र पराजीत भएका अध्यक्ष ठाकुर यसवर्ष अझ बढी मिहिनेतका साथ प्रचारप्रसारमा जुटेका छन् । सो क्षेत्रमा यसपटक रायले तमसपा नेपालबाट उम्मेद्वारी दिएका छन् भने नेपाली कांग्रेसका अमरेश कुमार सिंह, सद्भावनाका फकिरा महतो, एमाओवादीका नन्दलाल राय यादव सहित जम्मा ४९ जना उम्मेद्वार रहेका छन् ।
त्यस्तै सद्भावना पार्टीका अध्यक्ष महतो र तमसपा नेपालका अध्यक्ष यादवले क्षेत्र नं. ४ बाटै उम्मेद्वारी दिएका छन् । सद्भावना अध्यक्ष महतोले भने क्षेत्र अन्तर्गत मलंगवा नगरपालिका र १४ वटा गाविसमा घरदैलो एवं कोणसभा सम्पन्न गरिसकेको उक्त पार्टीका कार्यबाहक जिल्ला अध्यक्ष नागेश्वर महतोले बताए । गत कात्तिक १८ गते सोमबारदेखि निरन्तर घरदैलो एवं कोणसभा गरेका महतो हाल दोहो¥याएर कतिपय गाउँहरुमा भेटघाटमा व्यस्त छन् । महतो मंगलबार विहानैदेखि नारायणपुर, संग्रामपुर र जिंगडवा गाविसमा प्रचारप्रसारका कार्यक्रममा सहभागि बनेका थिए । त्यस्तै तमसपा नेपालका अध्यक्ष यादवले पनि क्षेत्र अन्तर्गतका सबै गाउँ र मलंगवा नगरपालिकामा घरदैलो र कोणसभा भ्याईसकेका छन् । उनी त उम्मेद्वारी दर्ता पछि लगातार (१÷२ दिन बाहेक) क्षेत्रमै सकृय छन् । हाल उनी दोहो¥याएरै कतिपय गाउँहरुमा कार्यकर्ता भेटघाट एवं घरदैलोमा व्यस्त छन् । सोमबार केहीबेर महोतरी गएका यादवले मंगलबार पर्सा लगायत गाविसमा सकृयता देखाएका थिए । क्षेत्र नं. ४ मा मधेशी जन अधिकार फोरम नेपालका रामचन्द्र राय यादव, नेकपा एमालेका राजनारायण साह, नेपाली कांग्रेसका लक्ष्मण राय सहित ३८ जना उम्मेद्वार प्रतिष्पर्धामा छन् । त्यस्तै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष बद्रिप्रसाद न्यौपाने पनि क्षेत्र नं. २ मा घरदैलो र कोणसभामा व्यस्त छन् । उनले पनि क्षेत्र अन्तर्गतका सबै १४ वटा गाविसहरुमा प्रचारप्रसारको काम सम्पन्न गरेर पूनः कतिपय गाउँहरुमा घुमिरहेका छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका रामचन्द्र चौधरी, नेकपा एमालेका सुरेन्द्र लामा, एमाओवादीका राजकुमार राय यादव, संघीय समाजवादी पार्टीका मोहम्मद रिजवान अन्सारी, तमलोपाका विनय कुमार कर्ण, सद्भावनाका अफ्जल हुसैन, मधेशी जन अधिकार फोरम नेपालका रामनरेश यादव लगायत ४२ जना उम्मेद्वार रहेका छन् ।

No comments:

Post a Comment