Friday, November 1, 2013

शरिरभरी गाँजा टाँसेका वृद्ध पक्राउ

शरिरभरी गाँजा टाँसेका वृद्ध पक्राउ
सर्लाही समाचारदाता
गोडैता, कात्तिक १४ । शरिरभरि गाँजाले बेरिएको अवस्थामा विहिबार एक वृद्ध पक्राउ परेका छन् ।
गोडैता प्रहरी चौकीको टोलीले चेकजाँचका क्रममा लक्ष्मीपुर सुखचैना गाविस–९ का ६५ वर्षिय निरसल सहनीलाई पक्राउ गरेको हो । साँढे ४ किलो गाँजा शरिरभरि बाँधिएको अवस्थामा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पृथ्वीनारायण ओलीले बताए ।
साँझ साँढे ४ बजेतिर भारतीय मोटरसाईकलको पछाडी बसेर आईरहेका उनी भाग्दै गर्दा पक्राउ परेको बताईएको छ । मोटरसाईकल चालक भने भाग्न सफल भएको प्रवक्ता ओलीले बताए । ‘‘चेकजाँच गर्दै गरेको प्रहरी देखेपछि मोटरसाईकल छाडेर चालक भाग्न सफल भयो ।’’ ओलीले भने–‘‘सहनीचाँही शरिरभरि गाँजा बाँधिएकाले भाग्न नसकेपछि पक्राउ परे ।’’ मोटरसाईकल चालक नजिकैको उखुबारी भित्र छिरेर भाग्न सफल भएको प्रवक्ता ओलीले जनाए ।
प्रहरीले बीआर ५५–३४९१ नम्बरको रातो डिस्कभर मोटरसाईकल समेत बरामद् गरेको छ । घटनाबारे अनुसन्धान भईरहेको र फरार अभियुक्तको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment