वेला गाविसले भत्ता बाँड्यो
सर्लाही समाचारदता
वेला, कात्तिक १५ । गाविसको कार्यालय बेलाले शुक्रबार ज्येष्ठ नागरिक लगायत सामाजिक सुरक्षा शिर्षक अन्तर्गतको भत्ता वितरण गरेको छ ।
गाविस भित्रका जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग लगायत २ सय ६ जनालाई भत्ता वितरण गरिएको गाविस कार्यालयले जनाएको छ । साउनदेखि कात्तिकसम्म ४ महिनाको रकम शुक्रबार एकै चोटी वितरण गरिएको कार्यालयले जनाएको छ । २ सय जना जेष्ठ नागरिक एवं एकल महिलालाई मासिक पाँचसयका दरले तथा ६ जना अपाङ्गलाई मासिक १ हजारका दरले भत्ता वितरण गरिएको गाविसले जनाएको छ । भत्ता पाएपछि लक्षित वर्गहरु निकै खुशी भएका छन् ।
No comments:
Post a Comment