Friday, November 1, 2013

नारायण उमाविद्वारा छात्रवृत्ति वितरण

नारायण उमाविद्वारा छात्रवृत्ति वितरण
सर्लाही समाचारदाता
पत्थरकोट, कात्तिक १५ । नारायण जनता उमावि पत्थरकोटले शुक्रबार आÇना विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ ।
विद्यालयका प्रध्यानाध्यापक ऋषी प्रसाद सुवेदीको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शुशिल कुमार थोकरको प्रमुख आतिथ्यतामा छात्रवृति वितरण गरिएको हो । कक्षा १ देखी १२ सम्मका करिव ४ सय विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको विद्यालयले जनाएको छ । छात्रा, दलित , लोपउन्मुख  लगायत अन्य विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको हो । त्यस्तै ईको क्लव पत्थरकोटको आयोजनामा ‘स्वस्थ जीवनका लागी प्राङगारिक कृषि’ विषयक निवन्ध प्रतियोगिता, विद्यालयको प्रांगण र वगैचा सरसफाई एवं दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको बताईएको छ ।

No comments:

Post a Comment