Sunday, November 10, 2013

गोली हानी हत्या

गोली हानी हत्या
सर्लाही समाचारदाता
गम्हरिया, कात्तिक २१ । बुधबार गम्हरिया–५ कि ५० वर्षिय नाजमुन खातुनको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका छन् ।
विहान पाँचबजे शौच गर्नका लागि घरबाट दुईसय मिटर टाढा सडक छेउमा गएकी खातुनको टाउँकोमा गोली प्रहार गरी हत्या गरिएको बताइएको छ ।
सडकमा गोली चलेको आवाज सुनेपछि आफन्तहरु घटनास्थलमा पुगेपनि खातुनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खातुनलाई बोक्सीको आरोपमा हत्या गरेको हुनसक्ने स्थानीय एक व्यक्तिले बताए । करिब १८ महिना पहिले पनि खातुनलाई बोक्सीको आरोप लगाई सामान्य कुटपिट गरेका र गाउँमा बोक्सी बारे उनको चर्चा भइरहने गरेको बताइएको छ । घटना पश्चात पाँचजना संकास्पद स्थानिय व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको र सामान्य सोधपुछ गरेर दुई जनालाई छोडेको तर तीन जनालाई थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले बताए । घटना बारे शनिबार साँझसम्म सत्य तथ्य पत्ता लगाउने प्रहरी प्रवक्ता ओलीले जनाकारी दिए ।

No comments:

Post a Comment