दिपावलीमा आगलागी ः तीन लाखको क्षति
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक २१ । दिपावली (लक्ष्मीपुजा) मा बालिएको बत्तीका कारण आइतबार राती बरहथवा र हरिपुर्वामा भएको आगलाीबाट चारलाख रुपैया बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दिपावलीको आगो सल्किएर बरहथवा–४ स्थित मञ्जुषा ब्यूटी पार्लरमा भएको आगलागिबाट सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । त्यस्तै गरी हरिपुर्वा–६ स्थित रामबली रायको गोठमा आगलागि हुँदा गोठ सहित ज.२ प २३१४ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।
दिपावली गर्दा बालिएको बत्ती व्यवस्थापनमा लापर्वाही भएका कारण आगलागि भएको र स्थानिय बासिन्दाको सहयोगबाट दुवै स्थानका आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिए ।
No comments:
Post a Comment