गोली सहित राउत पक्राउ
सर्लाही समाचारदाता
मलंगवा, कात्तिक १६ । जिल्ला प्रहरी कार्यालयको टोलीले ८ थान गोली सहित एक व्यक्तिलाई शनिबार पक्राउ गरेको छ ।
मलंगवा नगरपालिका–२ बस्ने सोनेलाल राउतका ३२ वर्षिय छोरा सुरेश राउत लाई गोली सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठेलागाढा लिएर हिँडिरहेको अवस्थामा प्रहरीले झोलामा सुर्य चुरोटको ४ ओटा बट्टामा राखिएको ८ थान गोली बरामद् गरेको थियो । राउतलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ ।
No comments:
Post a Comment